२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना कहरले यातायात क्षेत्र बढी प्रभावित

१४ जेष्ठ २०७८, शुक्रबार ०७:०५

जेठ १४, महेन्द्रनगर (रासस) । सार्वजनिक बस ५३४ वटा रहेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली यातायात बहुउद्देशीय कम्पनी यतिबेला कोरोना कहरबाट सबैभन्दा बढी प्रताडित छ । अघिल्लो चैतको दोस्रो साताबाट स्थानीय प्रशासनले लकडाउन गर्दा यहाँ भएका सबै बसहरु बसपार्कमा थन्क्याएको कम्पनीमा आवद्ध सयौं बस व्यवसायी बैंकको व्याज तिर्न नसक्ने अवस्थामा छन् भने बसमा चालक र सहचालक भएर जिविका चलाइरहेका मजदूरहरु अहिले अलपत्र छन् ।

महाकाली यातायात बहुउद्देशीय कम्पनीका डम्बरदत्त पन्त बस व्यवसायीहरुको अर्बौको लगानी डुब्ने अवस्थामा पुगेकोप्रति चिन्तित हुनुहुन्छ । “गत असोजमा पहिलो चरणको कोरोना कहर सामान्य भएपछि केही दिन सीमित बसहरु सञ्चालनमा आए”,अध्यक्ष पन्तले भन्नुभयो, “ त्यो बेला पनि स्वास्थ्य सर्तकता अप्नाउदै बीस प्रतिशत यात्रुले मात्रै यात्रा गरेका थिए ।”

भारतसित सीमान जोडिएको कञ्चनपुरबाट महेन्द्रनगर– नयाँ दिल्ली, महेन्द्रनगर–हरिद्धार र महेन्द्रनगर–देहरादुन रुटमा चल्ने यातायात अझ बढी चौपट भएका छन् । कोरोना नियन्त्रणका लागि सरकारले नेपाल–भारत सीमा नाका बन्द गरेयता यहाँबाट भारतका विभिन्न शहरहरुमा सञ्चालनमा रहेका बसहरु झण्डै २२ महिनादेखि बन्द छन् । “ महाकाली याातायातका मात्रै १९ वटा गाडी भारत चल्थे”, पन्तले भन्नुभयो, “बैंकहरुले कर्जा असुली निरन्तरता दिँदा बस साहुहरु निकै तनावमा छन् ।”

महाकाली यातायातसँगै यहाँ रहेको पवनदुत र शुक्लाफाँटा यातायातको अवस्था पनि उस्तै कहालीलाग्दो छ । करिब सात सय भन्दा बढी सार्वजनिक यातायात रहेको कञ्चनपुरमा अहिले भारतबाट गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने यात्रुहरुलाई गन्तव्यमा पुर्याउन पाँच देखि सात वटा बस सञ्चालनमा रहेको अध्यक्ष पन्तको भनाइ छ । “ भारतबाट आउनेहरुमा सङ्क्रमणको दर उच्च हुँदा हाम्रा बस मजदूरहरु बिना भ्याक्सिजन जोखिम मोलेर गन्तव्यमा पुर्याउने काममा खटिएका छन्”, उहाँले भन्नुभयो,“बस मजदूरहरु पनि कोरोना भ्याक्सिन लगाउनमा राज्यको प्राथमिकतामा पर्नुपर्छ ।”

उहाँले भारतबाट फर्किरहेका दैनिक सयौं यात्रुहरु लिएर बस मजदूरहरु काठमाडौँ, नेपालगञ्ज, सुर्खेत, दैलेखका साथै सुुदूरपश्चिमका पहाडी जिल्लासम्म पुगिरहेको बताउनुभयो । “ निषेधाज्ञा अवधिको बैंक व्याजसम्म छुट गराउन राज्यले पहल गरिदिनुपर्छ”, उहाँले भन्नुभयो,“ सार्वजनिक यातायातले नै यहाँको पर्यटन र होटल व्यवसाय क्षेत्र पनि चलायमान बनाउँदै आएको थियो ।”

लामो समयदेखि कोरोना कहरको मार खेपिरहेका बस व्यवसायीहरुलाई सहुलियत हुने खालका प्याकेजहरु सरकारले ल्याइदिनुपर्ने व्यवसायीहरुको माग छ । उनीहरुले यातायात क्षेत्र नराम्ररी प्रभावित हुँदा आफूहरुले पेशा नै परिर्वतन गर्नुपर्ने अवस्थामा पुग्ने अवस्था आइरहेको पीडा पोखेका छन् । त्यसैगरी महाकाली यातायत समितिका पूर्व अध्यक्ष नवीन भट्टले कोरोना कहरले यातायात क्षेत्र निकै प्रभावित बनेको बताउनुभयो । “ भारत बसहरु नचलेको १५ महिना भयो, किस्ता तिर्नै समस्या छ”, उहाँले भन्नुभयो,“यता गाडी बन्द हुँदा बैंकमा किस्ता बुझाउँनुपर्दा व्यवसायी समस्यामा छन् ।”

त्यसैगरी यहाँको पवनदुत बस व्यवसायी कम्पनी प्रालिका उपाध्यक्ष महेश बोहराले बसहरु लामो समयदेखि थन्किदा बिग्रिन थालेको बताउनुभयो । “ बसहरु सञ्चालनमा नआउँदा बसपार्ककै टायर पड्किने, इञ्जिनमा खराबी लगायतका समस्या देखिन थाले”, बोहराले भन्नुभयो, “आर्थिक रुपले पनि लाखौंको नोक्सानी व्यहोर्न बाध्य छौं ।” उहाँले अहिलेको महामारीको अवस्था क्रमिक रुपमा सुधार आउन थालेपनि यातायात क्षेत्र लयमा फर्किन समस्या लाग्ने बताउनुभयो । “यात्रुहरु कोरोनाको त्रासले सार्वजनिक यातायात प्रयोग गर्न नै केही समय डराउने स्थिती छ”, उहाँले भन्नुभयो, “ स्वास्थ्य सर्तकता सबै क्षेत्रमा अप्नाउन जरुरी छ ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह