१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘संविधान रक्षाका लागि श्रमिकहरु एकजुट हुनुपर्ने’

१४ जेष्ठ २०७८, शुक्रबार ०७:०७

जेठ १४, काठमाडौँ (रासस)। विभिन्न श्रमिक सङ्घ सङ्गठनले संविधान रक्षाका लागि देशभरका श्रमिक एकजुट हुनुपर्ने बताएका छन् । 

नेपाल ट्रेड युनियन कांग्रेस, अखिल नेपाल ट्रेड युनियन महासङ्घ, पेशागत महासङ्घ नेपाल, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ, समावेशी ट्रेड युनियन महासङ्घ, समाजवादी ट्रेड युनियन महासङ्घ र राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासङ्घ नेपालले संयुक्त विज्ञप्ति जारी गरी नेपाली जनताको लामो त्याग, सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षाका लागि जुट्नुपर्ने बताएका हुन् । 

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले संविधानको मूल्य, मान्यता र भावना विपरीत सरकारले यही जेठ ८ चालेको कदमले मुलुकलाई थप अनिश्चितता र अन्योलतर्फ धकेलेको बताउनुभयो । श्रमिक सङ्घ सङ्गठनहरुले धेरै श्रमिकले अक्सिजन, भेन्टिलेटर, औषधि र आइसियु श्यया नपाएर अकालमा ज्यान गुमाउनु परेको भन्दै जनताको उपचारका लागि ध्यान दिन सरकारसँग आग्रहसमेत गरेको छ । निषेधाज्ञाको समयमा हजारौँ श्रमिकको जागिर गुमेको भन्दै समस्यामा परेका श्रमिकलाई राहतको व्यवस्था गर्नसमेत श्रमिक सङ्घ सङ्गठनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह