By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
8 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
8 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
9 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
10 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
13 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
10 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
14 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक, हेर्नुहोस् कार्यकारी सारांश
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक, हेर्नुहोस् कार्यकारी सारांश
अर्थ/विकासकाठमाडौँ - KTM

आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक, हेर्नुहोस् कार्यकारी सारांश

साझासवाल
Last updated: May 28, 2021 9:36 am
साझासवाल
20 Min Read
Share

जेठ १४, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा बिच आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका हुन् ।

त्यस अवसरमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा.  पुष्पकडेल , नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,अर्थ सचिव शिशिर कुमार ढुड्गाना,राजस्व सचिव रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीको उपस्थिति रहेको थियो ।

हेर्नुहोस् आर्थिक सर्वेक्षणको कार्यकारी सारांश

१. सन् २०२० को शुरुवातदेखि नै कोभिड १९ को विश्वव्यापी महामारीले युगमा विरलै आउने मानवीय र आर्थिक सङ्कट उत्पन्न गराइरहेको छ वैश्विक महामारीले जनस्वास्थ्य र मानव जीवनमा समेत निकै क्षति पुन्याइरहेको छ । महामारीको कारण विश्वव्यापी आर्थिक क्रियाकलापमा सुस्तता आएसँगै अधिकांश मुलुकको आर्थिक वृद्धि ऋणात्मक भई सन् २०२० मा विश्व अर्थतन्त्र ३.३ प्रतिशतले सहुचन भएको थियो।

२. कोभिङ-१९ विरुद्धको खोपको उत्पादन र वितरणसँगै विभिन्न मुलुकले आफ्ना नागरिकलाई खोप लगाउन शुरु गरिसकेको हुँदा आगामी दिनमा विश्व बजारको आपूर्ति श्रृङ्खला सुचारु हुने, वस्तुको मागमा वृद्धि हुने, बन्दाबन्दी खुकुलो हुँदै जाने, हरेक मुलुकको काम गर्ने तरिकामा परिवर्तन हुने र उपभोक्ता, उद्योग तथा व्यवसायलाई आर्थिक सुविधा र राहत उपलब्ध गराउन वित्तीय सहयोगमा बढोत्तरी हुने भएकोले सन् २०२१ मा विश्व अर्थतन्त्र ६.० प्रतिशतले विस्तार हुने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण रहेको छ ।

३. २०७८ जेठ ७ सम्म नेपालमा कोभिड १९ महामारीबाट संक्रमित हुनेको संख्या ४ लाख ८० हजार ४ सय १८ पुगेको छ भने कोभिड़ १९ को कारण मृत्युवरण गर्नेको संख्या ५ हजार ६ सय ५७ रहेको छ । कोभिड १९ महामारीको पहिलो लहरको अवधिमा कुल संक्रमित संख्यामा मृत्युदर Case Fatality Rate) १.०९ प्रतिशत रहेको थियो भने दोस्रो लहरको ४६ दिनको अवधिमा यस्तो दर १.२९ प्रतिशत रहेको छ । २०७८ जेठ ७ सम्म सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ३ सय ५८ रहेको छ भने कोभिड १९ बाट निको हुनेको संख्या ३ लाख ६० हजार ४ सय ३ पुगेको छ । साथै, २८ लाख ३४ हजार ९८ व्यक्तिको रियल टाइम पि.सि. आर. परीक्षण गरिएको छ ।

४. कोभिड १९ महामारीबाट नागरिकको जनस्वास्थ्य तथा जीवन रक्षाको लागि पिसिआर परीक्षण र कोभिङ उपचार निःशुल्क गरिनुका साथै कोभिड-१९ बिरुद्धको खोप समेत निःशुल्क लगाउन शुरु गरिएको छ । कोभिड १९ बिरुद्धको खोप अभियान अन्तर्गत २०७८ वैशाख १५ सम्म कोभिशिल्ड र भेरोसेल गरी २० लाख ९१ हजारलाई पहिलो मात्रा खोप र ३ लाख ३२ हजारलाई दोस्रो मात्रा खोप लगाइएको छ ।

५. आर्थिक वर्ष २०७६/७७ मा कोभिड १९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेको छ जुन आर्थिक वर्ष २०७१/७२ मा गएको विनाशकारी भूकम्पबाट सिर्जित आर्थिक क्षति भन्दा उच्च हो । स्वास्थ्य सङ्कटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षा सहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने अनुमान गरिएकोमा चालु आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिइरहेको कोभिड १९ को दोश्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण छ ।

६. कोभिड १९ महामारीको कारण आर्थिक वर्ष २०७६/७७ मा कर्णाली र सुदूपश्चिम प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेकोमा चालु आर्थिक वर्ष २०३७/७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशत भन्दा उच्च रहने अनुमान छ यस अवधिमा तुलनात्मकरुपमा आर्थिक वृद्धिदर सबैभन्दा बढी बागमती प्रदेशको ४.६५ प्रतिशत र सबैभन्दा कम प्रदेश नं. २ को ३.५२ प्रतिशत रहने अनुमान छ । यद्यपि पछिल्लो समयमा कोभिड १९ को दोस्रो लहर तीव्ररुपमा फैलिइरहेको हुँदा चालु आर्थिक वर्षका लागि अनुमानित प्रदेशगत आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ

७. चालु आर्थिक वर्ष २०७७ / ७८ मा कृषि, उद्योग र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि क्रमशः २.६ प्रतिशत, ५० प्रतिशत र ४.४ प्रतिशतले वृद्धि हुने अनुमान छ त्यसैगरी, बालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान छ चालु आर्थिक वर्षमा धानको उत्पादन १.३ प्रतिशतले वृद्धि भएको छ

८. चालु आर्थिक वर्ष २०७३/७८ को अनुमानित राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा रु.४२ खर्ब ६६ अर्ब ३२ करोड मध्ये बागमती प्रदेशको अंश सबैभन्दा बढी ३७.७ प्रतिशत र कर्णाली प्रदेशको सबैभन्दा कम ४० प्रतिशत रहने अनुमान छ

९. आर्थिक वर्ष २०७६/७७ मा कुल लगानी ३०.४ प्रतिशतले सङ्घन भएकोमा आर्थिक वर्ष २०७७/७८ मा १८.१ प्रतिशतले वृद्धि भई रु.१३ खर्व १२ अर्ब ७१ करोड पुग्ने अनुमान छ कुल गार्हस्थ्य उत्पादनसँग बचतको अनुपात ६.६ पुग्ने अनुमान छ ।

१०. चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) मा ५.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११९१ पुगेको अनुमान छ । त्यसैगरी, प्रतिव्यक्ति कुल राष्ट्रिय आय (प्रचलित मूल्यमा ५० प्रतिशतले वृद्धि भई अमेरिकी डलर ११९६ पुगेको अनुमान छ भने प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी (प्रचलित मूल्यमा ४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १४८६ पुगेको अनुमान छ।

११. पछिल्ला वर्षहरूमा वस्तु तथा सेवाको औसत मूल्यस्तर वाञ्छित सीमाभित्र रहँदै आएको छ । आर्थिक वर्ष २०७७ ७८ को फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति ३.५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.५ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा औसत उपभोक्ता मुद्रास्फीति ६.२ प्रतिशत रहेको थियो ।

१२. आर्थिक वर्ष २०७६/७७ मा संघ, प्रदेश र स्थानीय तहको एकीकृत खर्च रु. ११ खर्व ९१ अर्व ६ करोड रहेको छ । एकीकृत खर्चमध्ये चालु खर्च ५६.० प्रतिशत पुँजीगत खर्च ३४.१ प्रतिशत र वित्तीय व्यवस्था ९.९ प्रतिशत रहेको छ ।

१३. आर्थिक वर्ष २०७६/७७ मा संघीय सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ८.१ प्रतिशत रहेको छ। चालु आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको बजेट घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.४ प्रतिशतले सुधार भई रु. २९ अर्ब १६ करोड रहेको छ ।

१४. चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६ प्रतिशतले बढेर रु.५ खर्च १ अर्ब ९७ करोड पुगेको छ । संघीय सरकारी खर्च ६.४

प्रतिशतले सङ्कुचन भई रु.५ खर्ब ७१ अर्ब ७७ करोड रहेको छ ।

१५. २०७७ फागुनसम्म तिर्न बाँकी खुद सार्वजनिक ऋण रु. १५ खर्च ८९ अर्थ ४६ करोड पुगेको छ जुन कुल गार्हस्थ्य उत्पादनको ३७.३ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको फागुनसम्म रु.१ खर्च १२ अर्ब ५२ करोड बराबरको आन्तरिक ऋण परिचालन भएको छ।

१६. चालु आर्थिक वर्षको फागुनसम्म रु.७ अर्ब ४८ करोड अनुदान र रु.८५ अर्ब २ करोड ऋण गरी जम्मा रु.९२ अर्ब ५० करोड अन्तर्राष्ट्रिय विकास सहायता परिचालन भएको छ । त्यसैगरी

यस अवधिमा ऋण तर्फ रु.५० अर्व ३८ करोड र अनुदानतर्फ रु.९ अर्ब ७१ करोड गरी जम्मा रु.६० अर्ब ९ करोड अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको छ ।

१७. चालु आर्थिक वर्षको फागुनसम्म ३ ठूला पूर्वाधारका परियोजनामा रु.३८ अर्ब ६७ करोड ९१ लाख र १३३ उद्योगमा रु.२५ अर्ब ५१ करोड गरी जम्मा रु.६४ अर्ब १९ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ

१८. पछिल्ला वर्षहरुमा वित्तीय पहुँच विस्तार हुँदै गएको छ । वित्तीय कारोबार विद्युतीय प्रणालीमा आवद्ध हुँदै गएको छ अर्थतन्त्रमा वित्तीय प्रगाढता निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरुमा बैक तथा वित्तीय संस्थाको शाखा विस्तारमा उल्लेख्य प्रगति भएको छ । २०७७ फागुनसम्म ७५० स्थानीय तहमा वाणिज्य बैङ्कको शाखा पुगेको छ ।

१९. आर्थिक वर्ष २०७७/७८ को फागुन महिनासम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ११.० प्रतिशतले वृद्धि भई रु ४२ खर्व ६० अर्ब ४७ करोड पुगेको छ भने कर्जा प्रवाह १७.५ प्रतिशतले वृद्धि भई रु. ३८ खर्व ४६ अर्ब ३१ करोड पुगेको छ

२०. कोभिड १९ बाट प्रभावित उद्योग व्यवसायलाई सहयोग पुयाउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा प्रवाह विस्तार गरिएको छ । २०७७ फागुन मसान्तसम्म ४८ हजार ८ सय ३१ ऋणीको कुल रु.१ खर्व ४२ अर्ब १७ करोड पुनरकर्जा स्वीकृत भएको छ । २०७७ फागुन मसान्तमा रु.८८ अर्ब ८६ करोड पुनरकर्जा लगानीमा रहेको छ

२१. कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कार्यमा प्रयोग गरिने औषधी, उपकरण, उपचार सामाग्रीको आपूर्ति र संक्रमित व्यक्तिको व्यवस्थापन एवम् पूर्वाधार निर्माणका लागि तीनै तहमा स्थापना गरिएको कोषमा जम्मा भएको रकम तथा विनियोजन समेत गरी २०७८ वैशाखसम्म रु.३४ अर्ब ११ करोड रहेकोमा सो अवधिसम्म रु.२३ अर्ब १६ करोड खर्च भएको छ । विनियोजित एवम् रकममध्ये यस अवधिसम्म रु. १० अर्ब ९५ करोड खर्च हुन बाँकी रहेको छ ।

२२. कोभिड-१९ बाट प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्योग क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीमा सहयोग पुग्याउने उद्देश्यले यसै वर्ष शुरु गरिएको व्यवसायिक निरन्तरता कर्जा २०७७ फागुन मसान्तसम्म रु २० करोड ८८ लाख प्रवाह भएको छ ।

२३. कोभिङ-१९ का कारण उत्पन्न असहज परिस्थितिमा पनि आर्थिक गतिविधि चलायमान बनाउन र समष्टिगत आर्थिक व्यवस्थापनमा सहजीकरण गर्ने उद्देश्यअनुरूप कर्जा भुक्तानी अवधिको म्याद थप, कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्था गरिएको छ । ऋणीहरुलाई चालु पुँजी कर्जाको अधिकतम २० प्रतिशतसम्म र आवधिक कर्जाको अधिकतम् १० प्रतिशतसम्म थप कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ ।

२४. पुँजीबजार प्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । २०७६ फागुनमसान्तमा १.३७७.२ बिन्दुमा रहेको नेप्से सूचकाङ्क २०७७ फागुनमसान्तमा २,४५८.५ बिन्दुमा पुगेको छ ।

२५. बिमा व्यवसायको दायरा विस्तार भएको छ । आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म बिमा व्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.० प्रतिशतले वृद्धि भई रु.५ खर्च २ अर्ब ७० करोड पुगेको छ चालु आर्थिक वर्षको फागुनसम्म रु.१ खर्च २ अर्ब ४० करोड बिमाशुल्क सङ्कलन भएको छ।

२६. चालु आर्थिक वर्षको दोश्रो चौमासिकमा कोभिङ १९ महामारीको प्रभाव क्रमशः कम हुँदै गएकोले वैदेशिक व्यापारमा सामान्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु पैठारी २.१ प्रतिशतले वृद्धि भई रु. ९ खर्ब ४३ अर्ब ९९ करोड पुगेको छ । यस अवधिमा चामल, भटमासको कच्चा तेल एम. एस. बिलेट यातायातका साधन तथा पाटपुर्जा, दूरसञ्चारका उपकरण तथा पाटपुर्जा लगायतका वस्तुको पैठारी बढेको छ भने पेट्रोलियम पदार्थ हवाईजहाजका पाटपुर्जा, कच्चा पाम तेल अन्य मेसिनरी तथा पाटपुर्जा, भिडियो, टेलिभिजन तथा पाटपुर्जा लगायतका वस्तुको पैठारी घटेको छ

२७. चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु निकासी ७.८ प्रतिशतले वृद्धि भई रु.८० अर्ब ७८ करोड पुगेको छ । आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा वस्तु निर्यात रु.७४ अर्ब ९१ करोड रहेको थियो । चालु आर्थिक वर्षमा प्रशोधित भटमासको तेल, चिया, जमोठ कपड़ा, अलैँची लगायतका वस्तुको निकासी बढेको छ भने सिन्थेटिक यार्न, फलफूलको जुस, उनी गलैचा कार्पेट लगायतका वस्तुको निकासी घटेको छ ।

२८. आर्थिक वर्ष २०७३/७८ को फागुनसम्म शोधनान्तर स्थिति रु.६८ अर्बले बचतमा रहेको छ भने चालु खाता रु. १ खर्व ४८ अर्ब ६८ करोडले घाटामा रहेको छ। खुद ट्रान्सफर आय, पुँजी खाता र वित्तीय खाता बचतमा रहेका कारण शोधनान्तर स्थितिमा सुधार आएको छ । आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा शोधनान्तर स्थिति रु.३७ अर्व ८४ करोडले बचतमा रहेको थियो भने चालु खाता रु. १ खर्व १९ अर्ब ७० करोडले घाटामा रहेको थियो ।

२९. आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई रु.६ खर्च ४२ अर्ब १४ करोड पुगेको छ । आर्थिक वर्ष २०७६/७७ को सोही अवधिमा विप्रेषण आप्रवाह रु.५ खर्च ९१ अर्ब १९ करोड रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आय रु.८ खर्ब ७५ अर्ब ३ करोड रहेको थियो।

३०. २०७७ असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु. १४ खर्च १ अर्व ८४ करोड रहेकोमा २०७७ फागुन मसान्तमा रु.१४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको छ । यस सज्जितिले ११.३ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्ने देखिन्छ ।

३१. पछिल्ला वर्षमा मानव विकास सूचकाइमा हुँदै आएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क अघिल्लो वर्षको ०.५७९ को तुलनामा सुधार भई ०.६०२ पुगेको छ ।

३२. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा ३ लाख ७० हजार ७ सय ३४ सूचीकृत बेरोजगारमध्ये १ लाख ५ हजार ६ सय ३५ व्यक्तिले रोजगारी प्राप्त गरेका थिए। चालु आर्थिक वर्षको फागुनसम्ममा रोजगार सेवा केन्द्रमा सूचीकृत ७ लाख ४३ हजार ५ सय ३ बेरोजगारमध्ये ३३ हजार ७ सय ३३ व्यक्तिले रोजगारी प्राप्त गरेका छन् ।

३३. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित विभिन्न रोजगार लक्षित कार्यक्रमबाट हालसम्म ४ लाख ४३ हजार ४ सय ६७ व्यक्तिलाई आंशिक र ४८ हजार ७ सय ८१ व्यक्तिलाई पूर्ण रोजगारी प्राप्त भएको छ ।

३४. आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म ८ जिल्ला, ९८ स्थानीय तह र ८५० वडामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सम्पन्न भएको छ १६ जिल्लामा विवरण दर्ता कार्य सुचारू रहेको छ । हालसम्म २२ लाख नागरिकको विवरण सङ्कलनको कार्य सम्पन्न भएको छ ।

३५. आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म ८ जिल्ला, ९८ स्थानीय तह र ८५० वडामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सम्पन्न भएको छ। १६ जिल्लामा विवरण दर्ता कार्य सुचारू रहेको छ। हालसम्म २२ लाख नागरिकको विवरण सङ्कलनको कार्य सम्पन्न भएको छ।

३६. आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख जाति, बालबालिका समेत गरी कुल जम्मा ३१ लाख ५० हजार १ सय ११ लाभग्राहीलाई रु.५८ अर्व ३८ करोड ६९ लाख ५५ हजार ९ सय ५९ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ

३७. कोभिङ-१९ महामारीको कारण पर्यटक आगमन र भ्रमण आयमा व्यापक सङ्कुचन आएको छ । सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल भित्रिएकोमा सन् २०२० मा यस्तो संख्यामा ८०.८ प्रतिशतले सङ्कुचन आई २ लाख ३० हजार ८५ रहेको छ । सन् २०२० मा नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट कुल रु.२४ अर्ब ९६ करोड बराबरको विदेशी मुद्रा आर्जन भएको छ जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७० प्रतिशतले कमी रहेको

३८. २०७७ फागुनसम्म ९३.० प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ । राष्ट्रिय ग्रिडमा कुल जडित विद्युत उत्पादन गत वर्षको तुलनामा ४.१ प्रतिशतले वृद्धि भई १४५८ मेगावाट पुगेको छ । प्रतिव्यक्ति विद्युत खपत २६० किलोवाट घण्टा पुगेको छ । ३९. २०७७ फागुनसम्म मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्रे १५ हजार ९

सय ७४ किलोमिटर खण्डाश्मित ८ हजार ५ सय ८२ किलोमिटर र कच्ची सडक ८ हजार

९ सय ७२ किलोमिटर गरी ३३ हजार ५ सय २८ किलोमिटर सडक निर्माण भएको छ । प्रदेश तथा स्थानीयस्तरबाट कच्ची, ग्राभेल र कालोपत्रे सहित जम्मा ६३ हजार ५ सय ७७ किलोमीटर सडक निर्माण भएको छ

३९. २०७७ फागुनसम्म मुलुकभर रणनीतिक र स्थानीय सडक सञ्जाल गरी कालोपत्रे १५ हजार ९ सय ७४ किलोमिटर खण्डाश्मित ८ हजार ५ सय ८२ किलोमिटर र कच्ची सडक ८ हजार

९ सय ७२ किलोमिटर गरी ३३ हजार ५ सय २८ किलोमिटर सडक निर्माण भएको छ । प्रदेश तथा स्थानीयस्तरबाट कच्ची, ग्राभेल र कालोपत्रे सहित जम्मा ६३ हजार ५ सय ७७

किलोमीटर सडक निर्माण भएको छ ।

४०. २०७७ असारसम्म सबै किसिमका गरी ३८ लाख ३६ हजार ५ सय २ सवारी साधन दर्ता भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म १ लाख ५० हजार ७ सय ६५ थप नयाँ सवारी साधन दर्ता भई जम्मा दर्ता हुने सवारी साधनहरुको संख्या ३९ लाख ८७ हजार २ सय ६७ पुगेको छ ।

४१. अत्यावश्यक सेवाको सूचीमा इन्टरनेट सेवा समावेश गरिएको छ । विज्ञापन रहित नीति (Clean) Feed) कार्यान्वयनमा ल्याइएको छ सबै सरकारी विद्युतीय सेवालाई एकीकृत प्रणालीमार्फत् नागरिकलाई सहजरूपमा सेवा पुयाउन नागरिक एप्स सञ्चालनमा ल्याइएको छ ।

४२. २०७७ को फागुनसम्म टेलिफोन घनत्व १३०.३ प्रतिशत र ईन्टरनेट ग्राहक घनत्व ८२.८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा टेलिफोन घनत्व १२६ ७ प्रतिशत र ईन्टरनेट ग्राहक घनत्व ७३ प्रतिशत रहेको थियो

४३. शैक्षिक वर्ष २०७७ मा प्राथमिक तह (कक्षा १-५) को खुद भर्नादर ९७.४ प्रतिशत, आधारभूत तह (कक्षा १-८) को ९४.७ प्रतिशत र माध्यमिक तह (कक्षा ९-१२) को ५१.२ प्रतिशत रहेको छ ।

४४. २०७७ फागुनसम्म आधारभूत खानेपानी सुविधा पुगेको जनसङ्ख्या ९१.५ प्रतिशत र उच्च मध्यमस्तरको खानेपानी सुविधा पुगेको जनसङ्ख्या २३.० प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म थप १ लाख ५५ हजार ८ सय ८ जनसङ्ख्या आधारभूत खानेपानीको सुविधाबाट लाभान्वित भएका छन् । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ्ग निर्माण सम्पन्न भई काठमाडौँमा पानी वितरण गर्न थालिएको छ

४५. २०७७ फागुनसम्म भूकम्पबाट क्षति भएका निजी आवास ७२.९ प्रतिशत, सार्वजनिक विद्यालय ८२.७ प्रतिशत पुरातात्विक सम्पदा ५३.३ प्रतिशत, स्वास्थ्य संस्था ५८.३ प्रतिशत, सरकारी भवन ८५.३ प्रतिशत र सुरक्षा निकायका भवन ९५.८ प्रतिशतको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

४६. चालु आर्थिक वर्षमा काठमाडौको ऐतिहासिक धरोहरको रूपमा रहेका धरहरा, रानीपोखरी र दरवार हाइस्कूल लगायतका महत्वपूर्ण ऐतिहासिक एवम् पुरातात्विक महत्त्वका सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । ४७. कोभिड १९ महामारीबाट प्रभावित ५ लाख २० हजार ३ सय ३९ करदातालाई वार्षिक कारोवारको आधारमा आय वर्ष २०७६/७७ मा लाग्ने आयकरमा रु. २ अर्ब १९ करोड ६२ लाख छुट सुविधा दिइएको छ ।

४८. कोभिङ-१९ महामारीले उद्योग व्यवसायमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरूले मासिक व्याज रकममा आधार दर भन्दा कम नहुने गरी १० प्रतिशत र २०७६ चैत्र मसान्तमा कायम व्याज दरमा २ प्रतिशत बिन्दुले कम हुने गरी छुट दिइएकोमा यसबाट ऋणीहरूले २०७७ असारसम्ममा करिब रु.१० अर्व २१ करोड ६६ लाख छुट सुविधा प्राप्त गरेका छन् ।

४९. कोभिड १९ महामारीबाट प्रभावित सामाजिक सुरक्षा कोषमा आबद्ध प्रतिष्ठानमा कार्यरत श्रमिकको आर्थिक वर्ष २०७६/७७ को अन्तिम ४ महिनाको श्रमिक तथा रोजगारदाताको तर्फबाट जम्मा गर्नुपर्ने योगदान रकम रु.१ अर्ब ३ करोड २४ लाख ६ हजार नेपाल सरकारले सामाजिक सुरक्षा कोषमा भुक्तानी गरेको छ।

५०. महामारीबाट उत्पन्न आर्थिक संकटको वावजुद पनि नेपालको मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको, शोधानान्तर स्थिति तथा विदेशी विनिमय सञ्चिति सुविधाजनक रहेको, वित्तीय क्षेत्र सबल रहेको र पुनर्निर्माणमा भएको प्रगति र पूर्वाधार विकासको क्षेत्रमा भएको विस्तारको कारण आगामी दिनमा आर्थिक स्थिति सबल हुँदै अर्थतन्त्रमा V आकारको आर्थिक वृद्धि हुने अनुमान रहेकोमा नयाँ वर्ष २०७८ को शुरुवातसँगै फैलिएको कोभिड १९ को दोस्रो लहरले क्रमशः गतिशील बन्दै गएको अर्थतन्त्रमा पुनः चुनौति र जोखिम बढाइदिएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article ‘स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाही हुन्छ’ – गृह मन्त्रालय
Next Article सरकारले संस्थानबाट पाउने लाभांश ४८.८७% बढ्यो, ४० मध्ये २४ वटा नाफामा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमकवानपुर - MKWसमाज

मकवानपुरमा कार दुर्घटना हुँदा दुईको मृत्यु

57 years ago
काठमाडौँ - KTMराजनीति

यी हुन् प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका दुर्इ प्रमुख एजेण्डा

57 years ago
काठमाडौँ - KTMसूचना प्रबिधि

वर्ल्डलिंक कम्युनिकेशन्स र फेसबुकबीच सहकार्यः देशभरी निशुल्क एक्सप्रेस वाईफाइ दिइने

57 years ago
काठमाडौँ - KTMविश्व

भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या १६ लाख नाघ्यो

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?