२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देशभर दुई लाख ५७ हजार कम्पनी दर्ता, कुन प्रदेशमा कति ?

२०७८, १४ जेष्ठ शुक्रबार १०:२२

जेठ १४,  काठमाडौं । नेपालका सातवटै प्रदेशमा गरी कुल दुई लाख ५६ हजार चार सय ९३ वटा कम्पनीहरु दर्ता भएका छन् । अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आव २०७७/७८ को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिना (गत फागुन) सम्ममा उक्त संख्यामा कम्पनीहरु दर्ता भएका हुन् । 

कुलमध्ये वागमती प्रदेशमा सबैभन्दा धेरै ७१.४ प्रतिशत (१८३११९ वटा) कम्पनीहरु दर्ता भएका छन् भने कर्णाली यस मामलामा सबैभन्दा पछि रहेको छ । कर्णाली प्रदेशमा चालु वर्षको आठ महिनाको अन्त्यसम्ममा ३१०९ वटा (१.२ प्रतिशत) मात्र कम्पनी  दर्ता भएको तथ्यांक छ। 


वागमतीपछि सबैभन्दा धेरै संख्यामा कम्पनी दर्ता हुनेमा क्रमशः प्रदेश १, लुम्बिनी, प्रदेश २ र गण्डकी छन् । सुदूरपश्चिममा पनि दुई प्रतिशतभन्दा कम कम्पनी दर्ता छन् । (हे. तालिका)

यस्तै, गत फागुन अन्तिमसम्ममा नेपालभरमा कुल चार लाख ७५ हजार ६ सय ७७ वटा लघु, घरेलु तथा साना उद्योग दर्ता भएको तथ्यांक आर्थिक सर्वेक्षणमा उल्लेख छ। यी साना उद्योगधन्दाहरुले कुल २९ लाख ७ सय ३९ रोजगारी सिर्जना गरेको जनाइएको छ। यसअनुसार एउटा घरेलु तथा साना उद्योगबाट औसतमा ६ जनालाई रोजगारी दिएको देखिन्छ।

घरेलु तथा साना उद्योग पनि वागमती प्रदेशमा नै सबैभन्दा धेरै दर्ता भएका छन् । गत फागुनसम्ममा दर्ता कुल यस्ता उद्योगमध्ये वागमतीमा ३३ प्रतिशत छन् । सोपछि क्रमशः लुम्बिनीमा १७ प्रतिशत, प्रदेश २ मा १४ प्रतिशत र प्रदेश १ मा १३ प्रतिशत घरेलु तथा साना उद्योग दर्ता भएको तथ्यांक छ । कर्णाली प्रदेशमा सबैभन्दा कम ५ प्रतिशत मात्र साना उद्योग दर्ता भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा