२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोनाबाट प्रभावित बन्यो न्यादी आयोजना

१५ जेष्ठ २०७८, शनिबार ०९:५४

जेठ १५, लमजुङ (रासस)। अन्तिम चरणमा पुगेको लमजुङमा निर्माधणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजना कोरोनाका कारणले प्रभावित हुन पुगेको छ । यस आयोजनाले यही जेठभित्र निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने लक्ष्य राखेकामा कोरोना सङ्क्रमणको दोस्रो लहरले आयोजनाको विद्युत् गृहमा जडान गरिएका मेशिनको परीक्षण गर्न चिनीया इन्जिनीयर नेपाल आउन नपाएपछि आयोजना प्रभावित हुन पुगेको हो । 

विद्युत् गृहमा छ वटा मेशिन जडान गरिएको र ती मेशिनको परीक्षण गर्न सम्बन्धित कम्पनीकै इन्जिनीयर आउनुपर्ने भएपनि कोभिडका कारण नेपाल आउन नपाउँदा आयोजनाको काम प्रभावित भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी यही जेठभित्र सबै काम सम्पन्न गरी बिजुली निकाल्ने लक्ष्यका साथ अघि बढिरहेका थियौँ, तर कोरोना सङ्क्रमणका कारण हवाई मार्ग बन्द भएकाले सो कम्पनीका इन्जिनीयरहरु रोकिएकाले समस्या भइरहेको छ ।” 

कोरोनाका कारण करीब एक डेढ महिना निर्माण अवधि लम्बिने आयोजना प्रमुख कार्यकारी अधिकृत अमात्यले बताउनुभयो । उहाँका अनुसार हालसम्म ९७ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । हाल विद्युत् गृहमा लाइनको तार तान्ने र वेइरिङको काम भइरहेको छ । केही दिनमा टनेलको परीक्षण गर्ने तयारी यस आयोजनाले गरेको छ । यसअघि बाँधस्थल, पेटस्टकलगायतको सफल परीक्षण गरिसकेको आयोजना प्रमुख अमात्यको भनाइ छ । 

 आयोजनाबाट साढे नौ किलोमिटर टाढा रहेको प्रशारण लाइनमा तार जोड्न,  २५ वटामध्ये दुई वटा टावर निर्माण गर्न बाँकी रहेको बताइएको छ । यतिबेला आयोजनामा ५० जना कामदारले स्वास्थ्य सावधानी अपनाउँदै काम गरिरहेका छन् । 

चीनबाट मेशिनका सम्बन्धित इन्जिनीयरहरु आठ÷नौ जना आएपछि मेशिनको परीक्षण गर्नुका साथै नेपाल विद्युत प्राधिकरणका टोली ल्याएर आयोजनाको सबै परीक्षण आगामी असारमा पूरा गर्ने बताइएको छ ।  यस आयोजनाले गत फागुनमै बिजुली उत्पादन गर्ने लक्ष्य राखेपनि कोभिडका कारण काम प्रभावित भएकाले निर्माण अवधि लम्बिन पुगेको थियो । 

गतवर्ष नै सकिनुपर्ने चीनबाट कामदार र सामान ल्याउन नसकेकाले आयोजना निर्माणको अवधि लम्बिएको प्रमुख अमात्यले बताउनुभयो । अहिले पनि आयोजनामा रहेको कामदारहरुले खुल्ला रुपमा काम गर्न नसक्दा निर्माण कार्य केही ढिलासुस्त भइरहेको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्शन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरिरहको छ ।  

विसं २०७३ चैत महिनादेखि निर्माण कार्य थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । सम्झौतानुसार २०७३ चैत महिनामा आयोजनाको निर्माण कार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो । विविध कारणले निर्माण कार्यमा ढिलाइ भइरहेका बेला आयोजनाको लागत भने बढी नलाग्ने अनुमान रहेको छ । 

आयोजनाका अनुसार रु छ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् रु साढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । त्यस्तै आयोजनाले प्राधिकरणसँग वर्षायाममा चार रुपैयाँ ८० पैसा र सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसामा विद्युत् खरीद सम्झौता (पिपिए) गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य