Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोरोना महामारी नियन्त्रण र खोप खरिदका निम्ति अर्बौ विनियोजन

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ १५ , काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण तथा त्यसविरुद्धको खोप खरीदका लागि अर्बौँ रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नेपाली जनतालाई निःशुल्क उपलब्ध गराउन रु २६ अर्ब ७५ करोड विनियोजन गरिएको बताउनुभयो ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि रु ३७ अर्ब ५७ करोड छुट्याइएको तथा  रोगको उपचारका लागि आवश्यक पर्ने औषधि उपकरण खरीदका लागि रु पाँच अर्ब ६० करोड विनियोजन गरिएको जानकारी दिनुभयो । महामारी नियन्त्रणका निम्ति आवश्यक पर्ने अस्पतालसहित भौतिक पूर्वाधार निर्माणका लागि सो रकम विनियोजन गरिएको हो । अर्थमन्त्रीले स्वास्थ्य उपकरण आयातमा भन्सार नलाग्ने व्यवस्था गरिएको पनि बताउनुभयो ।