2026-09-22 12:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेटमा वाग्मती प्रदेशको राजधानी हेटौँडालाई प्राथमिकता

जेठ १६, वाग्मती (रासस)। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तुत गरेको बजेटमा वाग्मती प्रदेशको राजधानी हेटौँडालाई लक्ष्य गरी विभिन्न विकास निमार्णका आयोजना प्राथमिकतामा परेका छन् । प्रस्तुत बजेटअनुसार सङ्घीय सरकारले पूर्वी मकवानपुरको छतिवनमा कृषि औद्योगिक बजार बनाउने योजना रहेको जनाएको छ । यसैगरी मकवानपुरको थाहानगरको चित्लाङलाई काठमाडौँसँग जोड्ने चित्लाङ–काठमाडौँ सुरुङमार्गको योजनासमेत बजेटमा समावेश भएको छ ।

सरकारले मकवानपुरको हेटौँडामा रहेको मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुतअनुसार आगामी दुई वर्षभित्र मकवानपुरको मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रलाई दुई वर्षभित्र पूरा गर्ने जनाएको छ । यसैगरी काठमाडौँको बालाजुमा रहेको विभिन्न उद्योग प्रतिष्ठान स्थानान्तरण गरी मयुरधापमा गए त्यस्ता उद्योगलाई १० वर्षसम्म जग्गा भाडा छुट दिने उल्लेख गरिएको छ ।

यसैगरी मकवानपुरको थाहानगरको चित्लाङलाई काठमाडौँसँग जोडने चित्लाङ–काठमाडौँ सुरुङमार्गको निर्माण शुरुआत आगामी आर्थिक वर्षबाट हुने भएको छ । आव २०७८/७९ को प्रस्तुत बजेट अनुसार यो आयोजना सम्पन्न गर्नको लागि बजेट विनियोजन गरिएको हो ।

यसैबीच मकवानपुरको विकासको मेरुदण्ड बनेको मदन भण्डारी राजमार्गअन्तर्गत चतरा–हेटौँडा सडकखण्डको बाँकी काम आगामी वर्ष सम्पन्न हुने भएको छ । यस सडकका लागि सरकारले आवश्यक बजेट छुट्याएको छ । प्रस्तुत बजेटअनुसार मदन भण्डारी विश्वविद्यालयअन्तर्गत मकवानपुरको चित्लाङमा निर्माणाधीन इञ्जीनियरिङ कलेज आगामी वर्षभित्र निर्माण सम्पन्न हुने भएको छ । यसैगरी बजेटमा हेटौँडा उपमहानगरपालिका–१८ स्थित हर्नामाडीमा निर्माणाधीन खानेपानी आयोजना आगामी आर्थिक वर्षभित्र सम्पन्न हुने जनाएको हो । 

आइसोलेशन सेन्टरमा निःशुल्क मासु र अण्डा

प्रदेश राजधानी हेटौँडासहित मकवानपुर जिल्लाभित्र सञ्चालनमा रहेका कोभिड–१९ बिरामी उपचारका लागि स्थापित सबै आइसोलेशन सेन्टरलाई आवश्यक पर्ने मासु र अण्डा पुनः मकवानपुर कुखुरा व्यवसायी सङ्घले उपलब्ध गराउन थालेको छ ।

सङ्घले मकवानपुरका सबै आइसोलेशन सेन्टरका सङ्क्रमितलाई एक महिनासम्म हप्ताको दुई दिन मासु र दैनिक अण्डा उपलब्ध गराउन थालेको मकवानपुर कुखुरा व्यवसायी सङ्घका अध्यक्ष गोकुलनाथ पौडेलले बताउनुभयो । पहिलो चरणको कोरोना सङ्क्रमणको बेलामा पनि सबै आइसोलेशनमा एक महिनासम्म दैनिक अण्डा र हप्तामा दुई दिन मासु उपलब्ध गराएको सङ्घले दोस्रो चरणको सङ्क्रमणमा पनि सो कार्यलाई निरन्तरता दिएको हो । सङ्क्रमितलाई पोषणतत्व परिपूर्तिका लागि प्रतिव्यक्ति दैनिक दुई  अण्डा र हरेक हप्ताको शनिबार र बुधबार मासु  उपलब्ध गराउने छ । मासु र अण्डा एकैचोटी ल्याउँदा बिग्रने भएकाले आवश्यकतानुसार उपलब्ध गराउने सङ्घले जनाएको छ ।

सङ्क्रमितको घरघरमा जनप्रतिनिधि

हेटौँडाका विभिन्न क्षेत्रमा होमआइसोलेशनमा बस्दै आएका कोभिड–१९ सङ्क्रमित घरबाहिर निस्कने गरेको जनगुनासो बढेपछि जनप्रतिनिधिले टोलटोलमा पुगेर सङ्क्रमितलाई घरमै बस्नका लागि आग्रह गर्दै आएका छन् । सङ्क्रमित पूर्णरूपमा होमआइसोलेशनमा नबसी घरबाहिर निस्कने, बजार सामान खरिदका लागि आउने, व्यापार गर्नेजस्ता गुनासो आएपछि स्थानीय प्रशासन र जनप्रतिनिधि टोलटोलमा पुगेर सङ्क्रमितलाई घरमै बस्नका लागि आग्रह गर्दै आएका हुन् ।

कोभिड–१९ का बिरामी बाहिर निस्कँदा झन् कोभिड सङ्क्रमण बढ्दै जाने अवस्थालाई मध्यनजर गर्दै प्रत्येक टोलटोलमा पुगी सङ्क्रमितलाई घरमै बस्न आग्रह गरिएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले बताउनुभयो । हेटौँडा उपमहानगरपालिकामा सङ्क्रमित धेरै छन् । हेटौँडाका हरेक टोलटोलमा कोरोना सङ्क्रमित बढेका छन् ।

पछिल्लोपटक हेटौँडाको वडा नं ४, ५, ९ र ११ का टोलटोलमा पुगेर सङ्क्रमितसहित स्थानीय बासिन्दालाई घरमै बस्न आग्रह गरिएको हो । कोरोना नियन्त्रणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा गरे पनि हेटौँडाका टोलटोलमा र गाउँस्तरमा भने सङ्क्रमित धेरै रहेकाले चेतना जगाउन पनि अनुगमन गरिएको प्रमुख महतले बताउनुभयो । स्थानीयस्तरमा टोल विकास संस्थालाई सक्रिय गराएर सङ्क्रमितलाई घरबाहिर ननिस्कनका लागि आग्रहसमेत गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने