१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेट तुलनात्मक रुपमा सन्तुलित : उद्योग वाणिज्य महासंघ

१६ जेष्ठ २०७८, आईतवार ०५:४२

जेठ १६, काठमाडौँ । नेपालका उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी आवको बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको प्रतिक्रिया दिएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रासससँग कुरा गर्दै नेपाल सरकारले आज प्रस्तुत गरेको बजेट तुलनात्मक रुपमा सन्तुलित नै रहेको प्रतिक्रिया दिनुभयो ।

खासमा देश महामारीमा रहेकाले स्वास्थ्योपचार र स्वास्थ्य पूर्वाधारमा बजेटको प्राथमिकता  भएको  र अरु पनि निजी क्षेत्रले अघि सारेका धेरै कुरा सम्बोधन गर्न खोजिएको उहाँले बताउनुभयो । ढकालले भन्नुभयो, “यो विषय परिस्थितिमा निजी क्षेत्र निकै समस्यामा रहेकाले यस क्षेत्रले सरकारसँग राखेका कतिपय माग बजेटमा सम्बोधनको प्रयास भएको छ, तिनको कार्यान्वयन पक्ष अबका दिनमा बलियो हुनुपर्छ ।”

आन्तरिक पर्यटन प्रवद्र्धनका लागि दश दिन बिदा दिइने, विदेशी पर्यटकलाई एक महिनासम्मका लागि प्रवेशाज्ञा निःशुल्क गर्ने, आयात प्रातिस्थापनका कार्यक्रमलाई बढावा दिने, निर्यातलाई  जोड दिने तथा कोभिड –१९ का कारण प्रभावित निजी क्षेत्रलाई सहयोगका कार्यक्रम ल्याइने प्रतिबद्धता सरकारले अघि सारेकाले बजेट सकारात्मक रुपमा नै लिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले निजी क्षेत्रका कतिपय सुझावलाई सम्बोधन नै गरिएको र कोभिड प्रभावित क्षेत्रलाई पनि सहयोगका कार्यक्रम ल्याइने भनिएकाले यी सबै पक्षको सही कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह