जेठ १७, काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको भाउ सामान्य बढेको छ । आइतबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज २ सयले बढेर ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुनको भाउ पनि २ सयले नै बढेर ९३ हजार ७ सय प्रतितोला रहेको छ ।

आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर १३ सय ६० रुपैयाँमै कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ७ सय ६० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८० हजार ३ सय ३० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ६६ रुपैयाँ कायम गरेको छ ।