२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

लयमा फर्कंदै विद्युत् उत्पादन

१७ जेष्ठ २०७८, सोमबार ०७:०६

जनक श्रेष्ठ । जेठ १७, लमजुङ (रासस)। लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाहरुले क्षमताअनुसार विद्यु्त् उत्पादन गर्न थालेका छन् । नदीमा पानीको बहाव कम भएसँगै क्षमताभन्दा न्यून उत्पादन गरिरहेका ती आयोजनाले हालैको वर्षात्पछि पूरै क्षमतामा बिजुली उत्पादन गर्न थालेका छन् । 

डुम्रे–बेँसीशहर सडकखण्ड नजीकै जिल्लास्थित बँेसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनामा विद्युत् उत्पादन बढेको छ । केही दिनअघिसम्म ५०/५५ मेगावाट मात्र बिजुली उत्पादन रहेकामा तीन दिनअघिदेखि पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “केही दिनको निरन्तर पानीले मस्र्याङ्दी नदीमा पानीको बहाव वृद्धि भएसँगै बिजुली उत्पादन बढेको छ । 

आयोजनाका अनुसार यस नदीमा पानी कम हुँदा विद्युत् उत्पादन घटेर यस वर्ष २२/२३ मेगावाटसम्म मात्र विद्युत् उत्पादन भएको थियो । विगतका वर्षमा २५/२६ मेगावाटभन्दा कम विद्युत् उत्पादन भएको थिएन । आयोजनामा ३५/३५ मेगावाट क्षमताको दुईवटा टर्बाइन गरी ७० मेगावाटको बिजुली उत्पादन हुँदै आएको छ । यस आयोजना जिल्लाकै पहिलो तथा ठूलो आयोजना हो । यस आयोजनामा गत मङ्सिरको दोस्रो हप्ताबाट बिजुली उत्पादन घटेको थियो । सन् २००० मा निर्माण कार्य शुरु गरेको यस आयोजनाले सन् २००८ मा निर्माण कार्य सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन गर्दै आइरहेको छ । यस आयोजना रु २७ अर्ब २० करोड लागतमा निर्माण भएको थियो । 

त्यस्तै, मस्र्याङ्दी गाउँपालिका–७ र ८ भुलभुलेस्थित ५० मेगावाट क्षमता भएको माथिल्लो मस्र्याङ्दी जलविद्युत् ‘ए’ आयोजनामा समेत विद्युत् पूरै क्षमतामा उत्पादन हुन थालेकोे छ । एक हप्ताअघिसम्म ३२ देखि ४० को हाराहारीमा उत्पादन हुँदै आए पनि सो यता आयोजनाको पूरै क्षमतामा बिजुली उत्पादन हुन थालेको आयोजनाका जनसम्पर्क अधिकृत इन्जिनीयर कर्ण अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पुस÷माघ महिनामा त उत्पादन घटेर २५ मेगावाट मात्र बिजुली उत्पादन भएको थियो । अब मस्र्याङ्दी नदीमा पानी बढेकाले उत्पादन पूरै क्षमतामा भएको उहाँको भनाइ छ । यस आयोजनामा २५/२५ क्षमताको दुईवटा टर्वाइन गरी ५० मेगावाट क्षमताको जलविद्युत् आयोजना हो । 

सन् २०१३ जनवरीबाट आयोजनाको निर्माण कार्य शुरु गर्दै सन् २०१७ जनवरीबाट व्यावसायिकरूपमा माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाले विद्युत् उत्पादन थालेको थियो । सो आयोजना करीब रु १६ अर्ब लागतमा निर्माण सम्पन्न भएको थियो । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको छ । यस आयोजना हालसम्म उत्पादन थालेका जलविद्युत् आयोजनामध्ये दोस्रो ठूलो आयोजना हो । 

यस आयोजनाबाहेक जिल्लामा उत्पादन थालेका पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको क्षमताको राधी, चार मेगावाटको खुदी, तीन मेगावाटको मिदिम करापु, दुई मेगावाटको छ्याङ्दी र एक मेगावाटको स्याङ्गे जलविद्युत् आयोजनामा समेत विद्युत् उत्पादन वृद्धि भएको बताइएको छ । 

जिल्लामा केही आयोजनाहरुले समेत निर्माण कार्य सम्पन्न गर्दै बिजुली उत्पादन गर्ने तयारीमा रहेका छन् । दोर्दी कोरिडोरमा मात्र चार आयोजनाहरु निर्माणाधीन रहेका छन् । ती आयोजनाहरुले अधिकांश काम सम्पन्न गरिसकेका छन् । उक्त कोरिडोरमा निर्माण सम्पन्न भएपश्चात् ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ आयोजना जिल्लाकै दोस्रो ठूलो आयोजना हुने भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने