९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तनहुँका निजी क्षेत्रबाट बजेटको स्वागत

१८ जेष्ठ २०७८, मंगलवार ०२:४६

जेठ १८, तनहुँ | आगामी वर्ष २०७८/७९ का लागि सरकारले सार्वजनिक गरेको बजेटको तनहुँका निजी क्षेत्रले स्वागत गरेका छन् । सरकारले सार्वजनिक गरेको बजेट व्यवसायीमैत्री रहेको व्यवसायीको प्रतिक्रिया छ । तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले सरकारले सार्वजनिक गरेको बजेट पछिल्लो दशककै उत्कृष्ट रहेको बताउनुभयो । “बजेटमा सम्बोधन भएका विषयले पछिल्लो दशककै उत्कृष्ट बजेट आएको महसुस भएको छ”, श्रेष्ठले भन्नुभयो । 

श्रेष्ठले बजेटमा निजी क्षेत्रको माग सम्बोधन भएको बताउनुभयो । उद्योग वाणिज्य महासङ्घको परामर्श समितिमार्फत सरकारलाई दिइएको मागलाई बजेटले सम्बोधन गरेको श्रेष्ठको भनाइ छ । उहाँका अनुसार बजेटले विशेषगरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिए पनि सबै क्षेत्रलाई महत्व दिएको छ । 

नेपाल चेम्बर अफ कमर्स तनहुँले सरकारले ल्याएको बजेटको स्वागत गरेको छ । व्यवसायीले दिएको सुझावलाई आत्मसाथ गर्दै आगामी वर्षको बजेट आएको कमर्सका जिल्ला उपाध्यक्ष कविराज श्रेष्ठले बताउनुभयो । “चेम्बर अफ कमर्सले सरकारलाई दिएको सुझावअनुसार नै बजेट आएको छ, सरकारले ल्याएको बजेटको चौतर्फी स्वागत गरिएको छ”, श्रेष्ठले भन्नुभयो, “जनमुखी बजेट आएकाले यसको कार्यान्वयनमा सरकार उत्तिकै गम्भीर भएर लाग्नुपर्छ ।”

बजेटले व्यवसायीको हकहितका विषयलाई पनि सम्बोधन गरेको श्रेष्ठले बताउनुभयो । कोरोना कहरका कारण थला परेको उद्योग व्यवसाय क्षेत्रलाई पनि बजेटले छोएको उहाँको भनाइ छ । “विस्तृतमा अध्ययन गर्न नपाए पनि व्यवसायीलाई राजश्व छुटका कार्यक्रम बजेटमा समावेश भएको छ”, उहाँले भन्नुभयो । उहाँले व्यवसायीलाई प्रोत्साहन गर्नका लागि सहुलियत दरको ऋण उपलब्ध गराउन माग गर्नुभयो । 

बजेटले सबै क्षेत्रलाई समेट्नु एकदमै राम्रो भएको उहाँको भनाइ छ । युवा वर्गदेखि वृद्धवृद्धा, कर्मचारीलगायत सबै क्षेत्रलाई बजेटले समेटेको श्रेष्ठले बताउनुभयो । “सबैले आकाङ्क्षा गरेभन्दा पनि राम्रो बजेट आएकाले कार्यान्वयन पक्षमा चुनौती हुनसक्छ, त्यसतर्फ सरकारले सोच्नुपर्छ”, श्रेष्ठले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ