<p><b>जेठ २४, काठामाडौं । </b>साताको दोस्रो दिन आज सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज ३ सय रुपैयाँले घटेर ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजाबी सुनको भाउ पनि ३ सयले घटेर ९३ हजार ३ सय रुपैयाँ प्रतितोला रहेको छ ।<br></p><p>आज चाँदीको भाउ ५ रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८० हजार ४ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार ९ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ ११ सय ५७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।</p>
Related News


