२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ मा सत्ता सहकार्य : ओलीविरुद्ध मोर्चाबन्दीको नतिजा

२७ जेष्ठ २०७८, बिहीबार ०२:२०

जेठ २७, काठमाडौं  । ‘संघीयताको पक्षमा प्राप्त जनादेश न आकस्मिक हो न चामत्कारिक। संघीयता प्राप्तिको मूल आधार त बलिदानीपूर्ण मधेस आन्दोलन हो। अहिलेको केन्द्रीय सरकार संघीयता मात्र नभई संविधानकै हत्या गर्न उद्यत छ। यसलाई जोगाउन सबै एकजुट हुनु आवश्यक छ।’

प्रदेश २ प्रदेशसभाको छैटौं बैठकमा जनता समाजवादी पार्टी (जसपा) का उपनेता रामआशिष यादवद्वारा व्यक्त यो भनाइप्रति यहाँका सबै दलको सहमति छ। आर्थिक समृद्धि, समावेशिता, संघीयतालाई संस्थागत गर्नुपर्ने बेला राजनीतिक दलहरू अझै सत्ताकै खेलमा अल्झिनु दुःखद रहेको उनले बताए। यसकारण संघीयता र समावेशितामाथिको प्रहार उचित नभएको र यसको रक्षाका लागि सबैलाई एकजुट हुनुपर्ने धारणा उनले राखेका थिए।

नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले संविधानमाथि भइरहेको प्रहारको रक्षार्थ परिवर्तनकारी शक्ति मिलेर लड्नुको विकल्प नभएको उल्लेख गरे। ‘मुलुकमा संघीयता, गणतन्त्रलगायत परिवर्तन चामत्कारिक रूपमा आएको होइन,’ उनले भने, ‘धेरै सपूतहरूको बलिदानीबाट आएको परिवर्तनको रक्षा गर्न दिलोज्यान दिएर लाग्नुपर्छ।’

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले संघीयता, गणतन्त्र, समावेशिताको मुद्दा संविधानमा संस्थागत भए पनि अहिलेको शासक यसलाई बलियो पार्नभन्दा पनि सिध्याउनतिर उद्यत रहेको बताए।

अहिलेको शासकका कारण नेपाली जनताको शिर निहुरिएको उनको भनाइ थियो। उनका अनुसार देश तीव्र रूपमा ध्रुवीकरणतर्फ उन्मुख छ। एकथरी अग्रगमनतर्फ र अर्कोथरी प्रतिगमनतर्फ अघि बढिरहेका छन्।

प्रतिगमनकारी शक्ति पहिचानवादीलाई समेत विखण्डित तुल्याएर त्यससँग सम्बन्धित मुद्दालाई कमजोर गर्न अग्रसर देखिएको साहको भनाय थियो। प्रतिगमनकारीले जति शक्ति लगाए पनि अग्रगमनसँग पराजित भएरै छाड्ने दाबी उनले गरे। अहिले देशैभरि प्रतिगमनविरुद्धको मोर्चा कसिलो पार्ने लहर चलिरहेको उनले बताए।

केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले गठबन्धन कसिलो बनाउँदै लगेका छन्। पार्टीभित्र मात्र नभएर मुलुकमा समेत स्वेच्छाचारी ढंगले शासन व्यवस्था सञ्चालन गर्न थालेपछि ओलीविरुद्ध मोर्चा कसेको विपक्षी गठबन्धनले प्रदेशमा समेत यो अभियान फैलाउँदै लगेको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली