२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोप लगाएपछि वृद्धवृद्धा भन्छन्, “अब बाँचिन्छ होला”

२०७८, २७ जेष्ठ बिहीबार ०६:२७

जेठ २७, ताप्लेजुङ (रासस) । बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै हाँसीखुसीका साथ एकआपसमा भलाकुसारी गरिरहेका थिए त कोही घर फर्किने तरखरमा देखिन्थे । 

“खोप लगाइसकेपछि कस्तो लागिरहेको छ ?” भनेर सोध्दा फुङलिङ नगरपालिका–२ का ८० वर्षीय टीकाराम गुरुङको जवाफ थियो, “कस्तो लाग्छ र, अब बाँचिन्छ होला नि, खोप लगाइहालियो, राम्रै त होला ।” यतिकैमा उहाँसँगै बस्नुभएका ८१ वर्षीय डम्बर गुरुङले भन्नुभयो, “खोप लगाउन पाइयो, मनमा सन्तोक भयो, अब बिरामले भेट्दैन होला ।” 

फुङलिङ–४ की ८४ वर्षीया सुकरानी लिम्बूले पनि खोप लगाएपछि आफूलाई ढुक्क लागेको बताउनुभयो । “खोप लगाएपछि ढुक्क लागिरहेको छ, अब त बाँचिएला नि त, खोप लाएपछि कोरोना आउँदैन भन्छन्”, उहाँले भन्नुभयो । यसरी उहाँहरु मात्रै नभई खोप लगाएका सबै वृद्धवृद्धाले ढुक्क लागेको भन्दै सङ्क्रमणले नभेट्ने विश्वास भएको बताए । 

ताप्लेजुङमा बुधबार वृद्धवृद्धासहित २८६ जनाले कोभिड–१९ विरुद्धको भेरोसेल पहिलो खोप लगाएका छन् । वृद्धवृद्धा, सुरक्षाकर्मी, पहिलो चरणमा छुटेका सञ्चारकर्मीलगायतले खोप लगाएको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो । आज पनि जिल्ला अस्पतालको खोप केन्द्रबाट खोप लगाइने उहाँको भनाइ छ । 

खरेलका अनुसार आइतबार फुङलिङ नगरपालिकाअन्र्तगतका दोखु, फुरुम्बू, हाङ्देवा र फावाखोलामा रहेका स्वास्थ्य संस्थाबाट खोप लगाउने कार्यक्रम छ । यो पटक ताप्लेजुङमा एक हजार ८५१ जनालाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । 

चीनसँगको सीमा जोडिएका क्षेत्रका बासिन्दालाई समेत भेरोसेल खोप लगाउने भनिए पनि तत्कालका लागि त्यहाँका सबैलाई नपुग्ने देखिएको जनाइएको छ ।

खोपको मात्रा नपुग्ने भएपछि कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयमा थप मात्रा माग गर्ने निर्णय गरेको बताइएको छ ।

यहाँ १४ हजार २०४ ले पहिलो कोभिडसिल्डको खोप लगाएका छन् । पहिलो र दोस्रो दुवै मात्रा लगाउने ९७८ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण