२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुदूरपश्चिम प्रदेश नीति कार्यक्रम : कोरोना रोकथाम र उपचारमा प्राथमिकता

२०७८, २८ जेष्ठ शुक्रबार ०५:०१

सिद्धराज भट्ट । जेठ २८, सुदूरपश्चिम (रासस) । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९को नीति तथा कार्यक्रममा कोभिड—१९को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ ।प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै कोरोनाबाट प्रदेशको आर्थिक क्षेत्रमा परेको र आगामी दिनमा पर्ने प्रभावको अध्ययन गरी  रोगको असर न्यूनीकरण गर्ने कार्यक्रम माफर्त् अर्थतन्त्रलाई गतिशील र पुनरुत्थान गर्ने तर्फ आगामी वर्षको बजेट केन्द्रीत हुने बताउनुभयो । 

नीति कार्यक्रममा नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था मिलाउने,  रोगका कारण वैदेशिक रोजगारी गुमाएर फर्किएकाका लागि प्रदेश स्वरोजगार विकास कार्यक्रम मार्फत् सहुलियत दरमा ऋण उपलब्ध गराउने कार्यक्रमलाई विस्तार गरिने, सबै अस्पतालको क्षमता बढाउने,स्वास्थ्य सेवाका मापदण्डका साथै चिकित्सा मापदण्ड का आधारमा प्रदेशिक मापदण्ड तयार गरी स्वास्थ्य संस्थावाट गुणस्तरीय सेवा प्रवाह गरिने ,‘हाम्रो प्रदेश स्वस्थ्य प्रदेश’ भन्ने नारा सहित स्वास्थ्य सेवाका अन्य कार्यक्रम समेत सञ्चालन गरिने उल्लेख गरिएको छ ।  विकासका क्रियाकलापमा मानव विकास सूचकाङ्कका दृष्टिले पिछडिएका क्षेत्र, वर्ग एवं समुदायलाई विशेष प्राथमिकता दिइने नीति सरकारको छ । 

‘देव भूमि सुन्दर ठाउँ: सुदूरपश्चिम घुम्न जाउ’

यसै गरी सरकारी, सार्वजनिक, सामुदायिक, गुठी र बाँझो जग्गाको उचित व्यवस्थापन गर्न नीति र कानून निर्माण गरिने,भूमिको उचित व्यवस्थापन र उत्पादन वृद्धि गर्न भूमिको तथ्याङ्क जनसङ्ख्या वृद्धिदर,खेतीयोग्य जग्गा। र आवासको आवश्यकता, लगाएतका लागि प्रदेश भू—उपयोगको गुरुयोजना बनाउने पनि नीति कार्यक्रममा उल्लेख छ । पश्चिम सेती,पञ्चेश्वर लगाएतका ठूला जल विद्युत आयोजनालाई छिटो सञ्चालनको पहल गर्ने,औद्योगिक व्यवसाय प्रवद्र्धनका लागि न्यूनतम् व्याजदरमा प्रति उद्योग रु५०लाख सम्मको ऋण उपलब्ध गराइने, दुर्गम क्षेत्रमा जनसहभागितामा आधारित ‘विकाससँग रोजगारी कार्यक्रम’ सञ्चालन गर्ने,विभिन्न आन्दोलनका घाइते अपाङ्ग असहाय व्यक्तिको जीवन निर्वाह र रोजगारी सिर्जना गर्न विषेश कार्यक्रम ल्याउने, पर्यटन प्रवद्र्धनका लागि ‘देव भूमि सुन्दर ठाउँ, ‘सुदूरपश्चिम घुम्न जाउं’ कार्यक्रम सञ्चालन गरिने,पनि नीति कार्यक्रममा उल्लेख छ । 

यस्तै प्रदेशमा व्याप्त विभिन्न अन्धविश्वासका विरुद्ध जागरण अभियान सञ्चालन गरिने,हिंसा पीडित महिलालाई तत्काल बसोवासको व्यवस्था मिलाउन महिला सुरक्षा गृह स्थापना गरिने, र महिला सशक्तिकरणका लागि द्वारिकदेवि ठकुरानी महिला सशक्तिकरण तथा सीप विकास कार्यक्रमलाई निरन्तरता दिने,प्रदेशमा लगानी मैत्री वातावरण सिर्जना गरिने,र रुपान्तरणकारी योजनाको कार्यान्वयनमा प्राथमिकता दिइएको छ । कृषिको विकास, गुणस्तरीय शिक्षा, पर्यटन प्रबद्र्धन,उद्योग र खेलकूदको विकास,वन संरक्षण,विकासका पूर्वाधार निर्माण जस्ता विषयलाई पनि नीति कार्यक्रममा समावेश छ । 

 नीति कार्यक्रममा समेटिएका मुख्य गतिविधिमा सवैको लागि शिक्षा कार्यक्रम,एक जिल्ला एक नमूना क्याम्पस,स्वस्थ्य युवा, प्र्रदेशको खम्बा,प्रदेशका गाउँ,उज्यालो बनाऔं कार्यक्रम, एक घर एक धारा कार्यक्रम, मुख्य मन्त्री एकीकृत वस्ती विकास कार्यक्रम,आवास सुधार कार्यक्रम,नमूना गाउँ आफै बनाऔं,जस्ता कार्यक्रम छन् ।

यसै गरी एक सहकारी एक उत्पादन,सीप सिकौं,उद्यमी बनौं, एक स्थानीय तह एक औद्योगिक ग्राम,एक जिल्ला एक विशिष्ट उद्योग, पाहुनाको सत्कार,सुदूरपश्चिमको संस्कार,सुदूरपश्चिमको दिगो आर्थिक आधार,सवल पर्यटकीय पूर्वाधार,जस्ता विषयलाई नीति कार्यक्रमा मुख्य रुपमा समेटिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो