२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्लोभेनिया, अष्ट्रिया र माल्टाबाटप्राप्त सहायता सामग्री हस्तान्तरण

३० जेष्ठ २०७८, आईतवार १५:३३

जेठ ३०, काठमाडौँ | युरोपेली सङ्घ (इयू)का तीन सदस्य राष्ट्र–स्लोभेनिया, अष्ट्रिया र माल्टाले कोभिडको महामारीविरुद्ध लड्न नेपाललाई सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत अनुदानस्वरुप चिकित्सा सामग्री उपलब्ध प्रदान गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित एक सङ्क्षिप्त कार्यक्रममा नेपालका लागि यहाँस्थिति युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत नोना डेप्रेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विशेषज्ञ डा रोशन पोखरलेललाई ती सामग्री हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आज हस्तान्तरित सामग्रीमा तीस हजार थान फेस मास्क, एक लाख थान निट्राइल् पञ्जा, १२ हजार ५०० थान प्रोटेक्टिभ् गगल्स, एक लाख थान प्रोटेक्टिभ मास्क, छ लाख थान नन्–स्टेराइल् मेडिकल मास्क, ५० हजार थान, भल्भ्रहित एफ्एफ्पी मास्क, एक हजार वटा पल्स अक्सिमिटर, दुई हजार ४०० वटा एन्टिजेन टेस्ट किट, १३० वटा नन्–कन्टयाक्ट् इन्फ्रारेड थर्मामिटर र पाँच हजार थान फेस शिल्ड छन् । 

आज प्रदान गरिएको सहयोग नेपाललाई आवश्यकता भएको तथा आपतको बेला निरन्तर जारी रहेको ‘टिम युरोप’को ऐक्यबद्धताको अर्को उदाहरण भएको बताउँदै राजदूत डेप्रेले भन्नुभयो, “यो महामारीको शुरुआतदेखि नै ‘टिम युरोप’ नेपालसँगै उभिएको छ र नेपाललाई सघाउन हामी तत्पर छौँ, सबैजना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो