१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मेलम्ची दोस्रो चरणको निर्माण अघि बढाइँदै

३१ जेष्ठ २०७८, सोमबार ०९:४२

सञ्चिता घिमिरे । जेठ ३१, काठमाडौँ (रासस)। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माण समेत अघि बढाउने भएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड विनियोजन गरेको छ । 

आगामी आवमा सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण, याङग्री खोलामा हेडवर्क र याङ्ग्रीबाट मेलम्चीसम्मको सुरुङको निर्माण अघि बढाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । त्यससँगै स्थानीयवासीले माग गरेको सडक निर्माणको प्रक्रिया अघि बढाइने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । आयोजनाअन्तर्गत पहुँच सडक निर्माण भइरहेको छ । सडक सम्पन्न भएपछि मात्रै सुरुङ र हेडवर्कको ठेक्का लाग्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक नबनेसम्म सुन्दरीजलमा काम गर्न सकिने भएपनि याङ्ग्री वा लार्के खोलामा गर्न सकिँदैन ।”

आयोजनाको पहिलो चरणअन्तर्गत अहिले मेलम्ची खोलामा ‘हेडवर्क’ निर्माण भइरहेको छ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलामा छुट्टाछुट्टै ‘हेडवर्क’ बनाउनुपर्ने प्रवक्ता पन्तले बताउनुभयो । त्यस्तै दोस्रो चरणमा कम लम्बाइका दुई सुरुङसमेत निर्माण गर्नुपर्ने हुन्छ । डिजाइनअनुसार शुरुमा लार्केबाट दुई किमी सुरुङ बनाएर याङ्ग्री खोलामा पानी खसालिन्छ । याङ्ग्रीबाट पनि अर्काे सुरुङ बनाएर त्यो पानी मेलम्चीमा खसालिने उहाँले बताउनुभयो । याङ्गीबाट मेलम्चीसम्मको सुरुङको लम्बाई नौ किमी रहेको छ । उहाँले भन्नुभयो, “दुबै सुरुङ बनेपछि दुबै खोलाको पानी मेलम्चीमा मिसिने छ ।” 

मेलम्ची खोलाबाट सुन्दरीजलसम्मको सुरुङको लम्बाई २७ किमी छ । यो सुरुङभन्दा दोस्रो चरणमा निर्माण हुने सुरुङहरुको लम्बाई कम हुने भएकाले कम समयमा सकिने प्रवक्ता पन्तले बताउनुभयो । त्यस्तै, पहिले सुरुङ निर्माणको अनुभव नभएपनि अहिले अनुभव भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्रोत उपलब्ध भएमा धेरै समय लाग्दैन ।” 

दोस्रो चरणको निर्माणस्थल याङ्ग्रीसम्म पुग्न २५ किमी पहुँच सडक निर्माण गत वर्ष शुरु भएको थियो । सडक विभाग र समिति दुबैले स्तरोन्नतिको काम गरिरहेका छन् । सडक विभागले भइरहेको सडकको स्तरोन्नति गरिरहेको छ । समितिले झण्डै १० किमी र विभागले १५ किमी सडक निर्माण गरिरहेको छ । गत आवमा निर्माण शुरु भएकामा आगामी आवमा सकिने प्रवक्ता पन्तले बताउनुभयो । सडक निर्माण भइरहँदा याङ्ग्री र लार्केमा हेडवर्क वा सुरुङ निर्माण नसकिए पनि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण अघि बढाइने उहाँले बताउनुभयो ।  

दोस्रो चरणमा आयोजना निर्माणस्थलमा अहिले क्याम्प बनाउने, मुआब्जा बाँड्ने, वातावरण व्यवस्थापनलगायतका काम भइरहेको छ । अघि नै अध्ययनको काम भइसकेको छ । पहिलो चरणमा एशियाली विकास बैंकको सहयोगमा आयोजना निर्माण भएकामा बैंकले दोस्रो चरणको निर्माणमा समेत चासो देखाएको छ । 

चालु आवमा मेलम्ची खोलाको पानी वितरण शुरु भएकामा सरकारले आगामी आवमा सोही आयोजनाअन्तर्गत याङ्ग्री र लार्के खोलाबाट काठमाडौँ उपत्यकामा पानी ल्याउन आवश्यक पूर्वाधार निर्माण अघि बढाउने योजना बनाएको छ । हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप १७/१७ गरी ३४ करोड लिटर पानी आउने गरी सो निर्माण अघि बढाउन लागिएको हो । आगामी आवमा सो आयोजनाका लागि रु तीन अर्ब ५१ करोड विनियोजन गरिएको छ । 

सरकारले आगामी आवमा काठमाडौँ उपत्यकाको खानेपानी वितरणमा उल्लेख्य सुधार गर्ने योजना बनाएको छ । पहिलो चरणमा चार थोक प्रणालीबाट ११३ किमी नयाँ वितरण लाइन थप गरी एक लाख १० हजार घरधुरीमा पानी वितरण गरिने बजेट बक्तव्यमा उल्लेख छ । त्यस्तै, दोस्रो चरणको पानी वितरणका लागि कीर्तिपुर, पेप्सीकोला, भक्तपुरलगायतका स्थानमा संरचना निर्माण अघि बढाइने छ । सो कामका लागि सरकारले रु चार अर्ब ७९ करोड विनियोजन गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह