२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

काठमाडौँ महानगरपालिकाले आगामी आ.वका लागि असार ३ मा नीति कार्यक्रम ल्याउने

२०७८, १ असार मंगलवार ०५:३२

असार १, काठमाडौं (रासस)। काठमाडौँ महानगरपालिकाले  आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम यही असार ३ गते बिहीबार प्रस्तुत गर्ने भएको छ । चालु आवमा जस्तै यस वर्ष पनि कोरोना महामारी नियन्त्रण र यसले पारेको प्रभावलाई सहजीकरण गर्ने कार्य मुख्यरूपमा समेटिएका छन् ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले भन्नुभयो, “चालु आवमा सञ्चालनमा रहेका तर विभिन्न कारणले गर्दा पूरा हुन नसकेका आयोजना पूरा गर्ने विषय पनि नीति कार्यक्रमको मुख्य विषय रहेको छ । त्यसैगरी कोरोनाले गर्दा आर्थिक, सामाजिक, सांस्कृतिकरूपमा पर्न गएको  समस्यालाई सहजीकरण गर्ने कार्य पनि प्रमुखरूपमा कार्यक्रममा समावेश भएको छ । असार ३ गते नीति कार्यक्रम ल्याउनका लागि महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा ६१औँ कार्यपालिका बैठक सम्पन्न भइसकेको छ ।

प्रमुख शाक्यले आउँदो वर्षका लागि गर्नुपर्ने कामलाई योजनाका रूपमा सङ्कलन गरी वडा समितिका बैठकबाट प्राथमिकीकरण गरेर पठाउन ३२ वटै वडाका वडाध्यक्षलाई आग्रह गर्नुभएको छ । चालु आवमा पनि कोरोना महामारी रहेकाले नीति कार्यक्रम र बजेट नै महामारी नियन्त्रण र यसले पारेको समस्या समाधानमा केन्द्रित रहेको थियो ।चालु आवका लागि कामपाले रु १५ अर्ब ५० करोडको बजेट विनियोजन गरेको थियो । सोमध्ये भौतिक पूर्वाधार क्षेत्रमा रु तीन अर्ब ९५ करोड रहेको थियो । अहिलेसम्ममा पूर्वाधार क्षेत्रको २५ प्रतिशत मात्र बजेट खर्च भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने