१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘पत्रकारिताको क्षेत्रमा छुट भएका कुरा सम्बोधन हुन्छ’

३ असार २०७८, बिहीबार ०८:१२

असार ३, वाग्मती (रासस) । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बजेट भाषणमा पत्रकारिता क्षेत्रको विकासका बारेमा छुट भएका कुरा सम्बोधन हुने बताउनुभएको छ । आर्थिक पत्रकार समाजले आयोजना गरेको आर्थिक पत्रकारितासम्बन्धी तालिममा आज उहाँले कोभिड नियन्त्रण र रोकथाम तथा महामारीका कारण थला परेको अर्थतन्त्र उठाउनका लागि सरकार लागकाले केही महत्वपूर्ण कुरा पनि छुटेको हुनसक्ने उल्लेख गर्नुभयो ।

मन्त्री ढुङ्गेलले प्रदेश सरकार पत्रकारलाई तालिम, क्षमता वृद्धि तथा सञ्चारगृहको व्यवस्थापनका लागि सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो । सञ्चार क्षेत्र र सरकार एकआपसका परिपूरक भएको उल्लेख गर्दै उहाँले सरकार पत्रकारिता क्षेत्रको विकास र स्थायित्वका लागि प्रतिबद्ध रहेको बताउनुभयो । 

“कोभिडको नियन्त्रण, उपचारको पर्याप्तता, अस्पतालको सशक्तीकरण, स्वास्थ्यकर्मीको व्यवस्थापन तथा कोभिडका कारण कारण ज्यान गुमाएका व्यक्तिका परिवारको व्यवस्थापन, अभिभावकविहीन बन्न पुगेका बालबालिकाको भरणपोषणका लागि सरकारले कार्यक्रम ल्याएको छ”, मन्त्री ढुङ्गेलले भन्नुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका  सचिव  शिशिर ढुङ्गानाले प्रदेश सरकारले भर्खरै ल्याएको बजेट केन्द्र सरकारको बजेटसँग तालमेल मिलेको र कार्यान्वयनमा सहज हुने खालको रहेको बताउनुभयो । नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाले वाग्मती प्रदेश सरकारले बजेटमा पत्रकारिता क्षेत्रलाई बेवास्ता गरेको आरोप लगाउनुभयो । 

नेपाल सङ्घीयतामा गएर आर्थिक क्षेत्रका अधिकारसमेत प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भइसकेको अवस्थामा प्रदेशमा समेत आर्थिक क्षेत्रलाई बिटका रूपमा स्थापित गराउने उद्देश्यले भिडियो कन्फरेन्समार्फत तालिम आयोजना गरिएको आर्थिक पत्रकार समाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह