Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लगातार घट्दै सुनको मूल्य, कति छ आजको मूल्य

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार ४, काठमाडौं । </b>नेपाली बजारमा सुनको मूल्य केहि दिन यता लगातार ओरालो लाग्न थालेको छ । सुनको मूल्य शुक्रबार थप १२ सय रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १२ सय रुपैयाँले घट्दै ९० हजार ८०० रुपैयाँमा झरेको हो ।&nbsp;<br></p><p>गत बिहीबार एकै दिन ११ सय रुपैयाँले घट्दै सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आज यता तेजाबी सुनको मूल्य समेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।</p><p>त्यसो त नेपाली बजारमा सुनको मूल्य क्रमिक रुपमा तिब्र गिरावट आइरहँदा यता चाँदीको मूल्य पनि घटिरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै एक हजार ३०५ रुपैयाँमा झरेको छ ।&nbsp;</p>