२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अर्नाकोट विमानस्थलको डिपिआर तयार

४ असार २०७८, शुक्रबार ०७:४६

असार ४, बलेवा (रासस)। दुई वर्षअघि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको अर्नाकोट विमानस्थल पुनः चर्चामा आएको छ । बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गर्ने गरी गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि चर्चामा आएको हो ।

दुई वर्षअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा डिपिआर बनाइएको भएपनि त्यसअनुसार काम भने अहिलेसम्म अघि बढेको छैन । पुनः प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा अर्नाकोट समेटिएपछि अर्को प्रक्रिया शुरु भएको हो । 

मध्यपहाडी लोकमार्ग र सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान उडान गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्ट इञ्जिनियरिङ कन्सल्टेन्सी’ले डिपिआर बनाएको थियो । 

इञ्जिनीयर गुरुप्रसाद अधिकारीले ७०० मिटर लामो रनवेसहितको लामो मैदान बनाउन सकिने प्राविधिक टोलीले सुझाव दिएको बताउनुभएको थियो । सो कन्सल्टेन्सीले बनाएको डिपिआर प्राधिकरणलाई हस्तान्तरण गरिएको थियो । प्राधिकरणमा तयार भएको डिपिआर थन्काएर प्रदेश सरकारले भने यो वर्ष सम्भाव्यता अध्ययन गर्न बजेट छुट्टाएको छ । नेपाली कांग्रेस नेता द्रोर्ण कुँवरले सङ्घीय सरकारले बेवास्ता गरेकाले प्रदेश सरकारले त्यसको अपनत्व लिन खोजेको प्रतिक्रिया दिनुभयो । 

अहिले सङ्घ सरकारसँगको सहकार्यमा प्रदेशले काम गर्ने गरी बजेट कार्यक्रममा समावेश भएको हुनसक्ने कुँवरको आँकलन छ । विमानस्थलका लागि बजेट के कति छ भन्ने प्रष्ट खुलाइएको छैन । ढोरपाटन शिकार आरक्षमा आउने पर्यटकलाई यो विमानस्थल उपयुक्त हुने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य