१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विकासका पथमा लम्कँदै नेपालगञ्ज

४ असार २०७८, शुक्रबार १०:११

नीरज गौतम । असार ४, नेपालगन्ज (रासस) । भौतिक पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राखेर नेपालगञ्ज उपमहानगरपालिकाले योजनाहरु सञ्चालन गर्दै आएको छ । उपमहानगरपालिकाले प्राथमिकताका आधारमा साना, ठूला विकास योजनाको काम वडा तहसम्म सञ्चालन गर्दै आएको छ । “हामीले बजेटका आधारमा योजनाहरु छुट्याएर विकास निर्माणको काम सञ्चालन गर्दै आएका छौ”, नगरप्रमुख डा। धवलशम्शेर राणाको भनाइ छ ।

पक्की वाटो, ढल निकास, नाला, खानेपानी, नयाँ छात्रा कलेज, सामुदायिक विद्यालयको भौतिकस्तर वृद्धि, पर्यटकीय विकासको आधार बनेको रानीतलाउ चिल्ड्रेन पार्क लगायतको संरचनाको जिर्णोद्धार र नयाँ निर्माण लगायतका लागि उपमहानगरपालिकाले बजेट छुट्याएको छ । त्यसैगरी, सीमान्तकृत र पछाडि पारिएका समुदायको सामाजिक विकासका लागि पनि सीप र रोजगार सम्बन्धी कार्यक्रम उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको छ । “पछाडि परेका क्षेत्र र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन बजेट र कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ”, नगरप्रमुख राणाको भनाइ छ, “ठूलाठूला नगरस्तरीय योजना नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गर्ने र वडास्तरीय योजना वडा कार्यालयकै जिम्मा लगाइएको छ ।”

यसैगरी, उपमहानगरपालिकामा पाँच वर्षदेखि एशियाली विकास बैंकको सहयोगमा शहरी विकास योजना अन्तर्गत बाटो, नाला, ढल निकास, खानेपानी र विद्युत विस्तारको काम भइरहेको छ । यी योजनावाट नेपालगन्जको सडक चौडा भएका छन् भने वर्षातमा हुने डुबानको समस्यावाट पनि नेपालगन्ज मुक्त भएको छ । “स्थानीय तहमा वर्षौसम्म जनप्रतिनिधि नहुँदा कर्मचारीहरुले नगरको विकासका लागि ठोस काम केही गरेनन् तर, अहिले अवस्था फेरिएको छ । नगरपालिका जनप्रतिनिधिहरुले एकैपटक सबै काम गर्न नसके पनि प्राथमिकताका आधारमा विकास निर्माणका काम क्रमशः गर्दै आएका छन्”, नगर प्रमुख डा। राणाको तर्क छ ।  

नेपालगन्ज उपमहानगरपालिकामा कृषि विकासको सम्भावना पनि प्रशस्त छ । संघीय संरचनाको क्रममा थपिएका थप ६ वटा वडा त्यहाका स्थानीयको मुख्य व्यवसाय कृषि नै भएकाले कृषि विकासको सम्भावना देखिएको हो । कूल २३ वडा रहेको उपमहानगरपालिका पूर्वी र उत्तरी क्षेत्रका वासिन्दा कृषि पेशामा आवद्ध भएकाले कृषि उत्पादन र कृषिजन्य व्यवसायको राम्रो सम्भाव्यता रहेको छ । जिल्ला कृषि विकास कार्यालय खारेज भएर नेपालगन्ज उपमहानगरपालिकामा कृषि शाखाका रुपमा प्रतिस्थापन भएपछि कृषि र कृषिजन्य व्यवसायको सम्भावना बढेको हो । 

त्यसैगरी, उपमहानगरपालिकाले कोरोना महामारीको जोखिम कम गर्न तथा सङ्क्रमितको जीवन रक्षाका लागि आइसोलेशन कक्षको स्थापना, सीमानाकामा हेल्थ डेस्क सञ्चालन, सरकारी तहवाट सञ्चालित भेरी अस्पतालको स्तरवृद्धिका लागि समेत रकम विनियोजन गरेको छ । नगरप्रमुख राणाका अनुसार, गत आर्थिक वर्षको रु एक अर्ब ४९ करोड ४२ लाख बजेट अन्तर्गत उपरोक्त योजनाहरु सञ्चालन गरिएको हो । आर्थिक  वर्षमा अधिकांश पुराना र केही नयाँ योजनामा बजेट विनियोजन हुनेछ । “बजेट निर्माणको काम धमाधम भइरहेकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट चालू आर्थिक वर्षकै हाराहारीमा वा केही बढेर आउन सक्छ”, उहाँले भन्नुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह