१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्द्रागिरिको नीति तथा कार्यक्रममा स्वास्थ्यलाई प्राथमिकता

७ असार २०७८, सोमबार ०७:४६

असार ७, काठमाडौँ (रासस)। चन्द्रागिरि नगरपालिकाले स्वास्थ्यलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ । काठमाडौँ उपत्यका प्रवेशको मुख्य नाकामा रहेको चन्द्रागिरिले आर्थिक वर्ष २०७८/७९ मा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट ल्याउन लागेको हो । 

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेपछि चन्द्रागिरिले नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको हो । 

नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले आगामी दिनमा आउने कोरोनाको तेस्रो भेरियन्टलाई मध्यनजरमा राख्दै नीति, कार्यक्रम र बजेट निर्माण गर्न लागेको जानकारी दिनुभयो । “पिसिआर परीक्षण, एन्टीजेन परीक्षण, कोरोना खोप र अक्सिजन प्लान्टलाई लक्षित गरेर नीति, कार्यक्रम र बजेट निर्माण गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । 

स्वास्थ्यबाहेक नगरपालिकाले शिक्षा, विपद् व्यवस्थापन, पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । नागरिकको जीवनरक्षा नगरपालिकाको पहिलो प्राथमिकता रहेको प्रवक्ता महर्जनको भनाइ छ । उक्त नगरपालिकाले नीति, कार्यक्रम र बजेटमा राख्ने कार्यक्रम तथा योजनाबारे यसअघि नै वडा वडामा छलफल सम्पन्न गरिसकेको छ । 

सो नपाले आव २०७८/७९ को नीति तथा कार्यक्रमबारे छलफल गर्न मङ्गलबार नगर कार्यपालिकाको बैठक आह्वान गरेको छ । यस्तै नगरपालिकाले यही असार १० गते नवौँ नगरसभा बोलाएको छ । गत आर्थिक वर्षमा रु एक अर्ब ७२ करोडको बजेट ल्याएको सो नगरपालिकाले अहिले रु दुई अर्बभन्दा बढीको बजेट ल्याउने गरी नीति तथा कार्यक्रमलाई अगाडि बढाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह