2026-09-22 10:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

करको दर सार्वजनिक, वार्षिक कति आय भएकाले कति कर तिर्नुपर्छ ?

असार ८, काठमाडौं । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७८/७९ का लागि व्यक्तिगत करको दर सार्वजनिक गरेको छ । विभागले आयको हिसाबले एकल र दम्पत्तीको हकमा करको अलग अलग दर सार्वजनिक गरेको छ । जसअनुसार रोजगारीको आयमात्र हुने एकल व्यक्तिका लागि वार्षिक ४ लाखसम्म करयोग्य आय भएमा करयोग्य आयको एक प्रतिशतका दरले कर तिर्नुपर्नेछ । यस्तै दम्पतीको हकमा वार्षिक ४ लाख ५० हजारसम्म करयोग्य आय भएमा एक प्रतिशतका दरले कर तिर्नुपर्नेछ ।

त्यस्तै ४ लाखदेखि ५ लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम ४ हजारका अतिरिक्त ४ लाखदेखि ५ लाखसम्मको रकममा १० प्रतिशतका दरले कर लाग्ने विभागले जनाएको छ ।

यस्तै दम्पतीको हकमा ४ लाख ५० हजारभन्दा माथि ५ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम ४ हजार ५०० का अतिरिक्त ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्मको रकममा १० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

५ लाखभन्दा माथि ७ लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम १४ हजारका अतिरिक्त ५ लाखदेखि ७ लाखसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ । यस्तै दम्पतीको हकमा ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्म करयोग्य आय भएमा न्यूनतम १४ हजार पाँचसयका अतिरिक्त ५ लाख ५० हजारदेखि ७ लाख ५० हजारसम्मको रकममा २० प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

यस्तै, ७ लाखदेखि २० लाखसम्म करयोग्य आय भएमा एकल व्यक्तिको हकमा न्यूनतम ५४ हजारका अतिरिक्त ७ लाखदेखि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्नेछ भने दम्पतीको हकमा ७ लाख ५० हजारभन्दा माथि २० लाखसम्म करयोग्य आय भएमा न्यूनतम ५४ हजार ५०० का अतिरिक्त ७ लाख ५० हजारदेखि २० लाखसम्मको रकममा ३० प्रतिशतका दरले कर तिर्नुपर्ने विभागले जनाएको छ ।

२० लाखभन्दा बढी करयोग्य आय भएमा एकल व्यक्तिको हकमा वार्षिक ४ लाख ४४ हजारका अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्नेछ । यस्तै दम्पतीको हकमा भने २० लाखभन्दा बढी करयोग्य आय भएमा न्यूनतम ४ लाख २९ हजार ५०० का अतिरिक्त २० लाखभन्दा बढी रकममा ३६ प्रतिशतका दरले कर तिर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो