Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अन्तर्राष्ट्रिय चार्टर उडानमा चर्को भाडा असुली : कारवाही गर्न छानबिन समिति गठन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ८, काठमाडौं । अन्तर्राष्ट्रिय चार्टर उडानमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिकबाट चर्को भाडा असुल भएको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसमा संलग्नलाई कारबाही गर्न तदारुकता देखाएको छ।

नियमित भाडादरभन्दा चार गुणामाथि असुलेर यात्रु ठगी गरेको देखिएपछि मन्त्रालयले यसमा संलग्न कर्मचारी, ट्राभल एजेन्सी र वायुसेवा लगायतका सम्भावित दोषी पहिचान र कारबाहीका लागि सोमबार एक छानबिन समिति गठन गरेको छ।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। सरकारले सीमित देशमा हप्ताको एउटा मात्र अन्तर्राष्ट्रिय उडान खुला गरेसँगै केही ट्राभल एजेन्सीले तोकिएको भाडादरभन्दा अत्यधिक चर्को शुल्क लिएको गुनासो सम्बन्धित देशको दूतावास हुँदै मन्त्रालयसम्म आइपुगेको हो। अहिले निजी क्षेत्रको वायुसेवा हिमालय एयरलाइन्सले नेपालबाट खाडी मुलुकमा चार्टर उडान  गरिरहेको छ।