२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्राकृतिक प्रकोपमा परेका जिल्लालाई वाग्मती प्रदेश सरकारद्वारा पाँच करोड विनियोजन

८ असार २०७८, मंगलवार ०९:४५

असार ८, वाग्मती (रासस)। वाग्मती प्रदेश सरकारले प्रदेशभित्र प्राकृतिक प्रकोप परेका विभिन्न जिल्लामा रु पाँच करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।  प्रदेश विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराउने भएको हो । 

पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको विभिन्न बाढीका कारण सिर्जित कटान, पटान, डुबान, आवागमन अवरोधलगायतका पूर्वाधारहरूमा भएको क्षतिको तत्काल रोकथाम, नियन्त्रण र मर्मत गरी अवरुद्ध सेवा पुनः सञ्चालन गर्न  जिल्ला विपद् व्यवस्थापन समिति, सिन्धुपाल्चोकलाई रु एक करोड उपलब्ध गराइने भएको छ ।

यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालायबाट मातहतका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमार्फत सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसमा आकस्मिक विपद् व्यवस्थापनसम्बन्धी कार्य गर्न सिन्धुपाल्चोक, चितवन र रसुवाका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई  रु ५०/५० लाख दिने जनाइएको छ  । 

यस्तै काठमाडाँै, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोटका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयलाई  रु २५÷२५ लाखका दरले दिने भएको छ । त्यसैगरी विपद् प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइसम्बन्धी प्रबन्ध गर्न सम्बन्धित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई तथा क्षति भएका सडक, पुल तथा अन्य अत्यावश्यक पूर्वाधार तत्काल मर्मत तथा निर्माण गर्न सम्बन्धित पूर्वाधार विकास कार्यालयहरूलाई समन्वयात्मक ढङ्गबाट उल्लेखित कार्य सम्पादन गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने  जनाएको छ ।

यही असार १ गते सिन्धुपाल्चोकमा आएको बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सञ्चालन गर्न प्रदेश विपद् व्यवस्थापन कोषबाट रु १० लाख मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उपलब्ध गराइने भएको छ । प्रतिष्ठानको व्यवस्थापनमा यही असार ९ गतेदेखि स्वास्थ्यकर्मी र औषधिसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा