२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चाँगुनारायण : स्वास्थ्य, शिक्षा, रोजगारी र कृषि उच्च प्राथमिकतामा

२०७८, ९ असार बुधबार ०४:४६

असार ९, भक्तपुर (रासस)। चाँगुनारायण नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ । नगरपालिकाको मङ्गलबारदेखिशुरु भएको नवौँ नगरसभाको नगरप्रमुख सोमप्रसाद मिश्रले सञ्चालन गरेपछि उपप्रमुख वीणा बाँस्तोलाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सभाले सर्वसम्मतले पारित गरेको हो ।

नगरपालिकाले आफ्ना सबै नागरिकलाई कोरोना सङ्क्रमणमुक्त बनाउन पर्याप्त औषधि, चिकित्सक र स्वास्थ्य सामग्रीको व्यवस्थापन तथा परिचालन गर्दै सङ्घीय सरकारसँगको समन्वयमा आगामी छ महिनाभित्र खोप लगाइने भएको छ । कोभिडबाट ज्यान गुमाएका आफ्ना नगरवासीको किरिया खर्चका लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने नीति तथा कार्यक्रममा व्यवस्था भएको उपप्रमुख बाँस्तोलाले बताउनुभयो ।

स्वास्थ्य सेवालाई चुस्त र गुणस्तरीय बनाउने, चाँगुनारायण अस्पताललाई भक्तपुर जिल्लाको अब्बल संस्थाका रूपमा विकास गर्न अस्पताल विकास समिति निर्माण गरी अघि बढाइने, गुणस्तरीय सेवाका साथै पाँच शय्याको एचडीयू, अल्ट्रासाउण्ड, इको, इसिजी, पिएफटी, अक्सिजन प्लान्टको व्यवस्था गर्ने, अस्पतालमा हरेक दिन फरक विषेशज्ञ सेवासहित आँखा, नाक, कान, घाँटी, बाल विशेषज्ञ सेवा विस्तार गर्ने, आइसीयू भेन्टिलेटरसहितको सुविधायुक्त एचडीयू शय्याको व्यवस्था गरिने नगरप्रमुख मिश्रले जानकारी दिनुभयो ।

त्यस्तै सबै वडामा आधारभूत स्वास्थ्य सेवामा थप सुविधा विस्तार गर्ने, नगरवासीलाई कोरोना भाइरसको आवश्यकतानुसार परीक्षण, सङ्क्रमण, लक्षण देखिएकालाई तत्काल उद्धार, आइसोलेशन तथा सम्पर्कमा आएकालाई टे«सिङ गर्ने, कोभिड नियन्त्रण कोषको गठन गरिने भएको छ ।

चाँगु अस्पतालमा ज्येष्ठ नागरिक, गरिब, विपन्न नगरवासीका लागि निःशुल्क उपचारको व्यवस्था गर्ने, दलित अपाङ्गता, सुत्केरी तथा गर्भवती महिलाको उपचारमा ओपिडी टिकट निःशुल्क गर्ने, पाठेघर, स्तन क्यान्सर, मोतियाविन्दु बिरामीलाई निःशुल्क परीक्षण शिविर सञ्चालन गरिने भएको छ । आगामी वर्ष वडा नं ५, ६, ७, ८ र ९ लाई पायक पर्ने स्थानमा अर्को नयाँ सुविधासम्पन्न नगर अस्पताल निर्माण गर्न डिपिआर निर्माण गर्ने, नगरपालिकाभित्र कम्तीमा दुईवटा वडामा नयाँ स्वास्थ्य ल्याब स्थापना गरिने भएको छ । सबै नगरवासीमा स्वास्थ्य बीमाको पहुँच पु¥याउन ५० प्रतिशत अनुदान र असहाय, विपन्न वर्ग पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गरिने, सामुदायिक स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई विस्तार गर्दै निःशुल्क स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने, सरकारले तोकेको बाहेक मधुमेह, उच्च रक्तचाप, कोलेष्ट्रोल र दमखोकीका औषधि नगरपालिकाले निःशुल्क वितरण गर्ने भएको छ ।

जटिल खालका आठ रोगको उपचारमा १० हजार आर्थिक सहयोग उपलब्ध गराउने, एक वडा एक योग ध्यान केन्द्र तथा एक व्यायामशालाको निर्माण गरिने, विद्यालयस्तरीय स्वास्थ्य तथा पोषण कार्यक्रम लागू गर्ने, प्रत्येक वडामा रहेका सामुदायिक विद्यालयमा स्वास्थ्य शिक्षा तथा पोषण कार्यक्रम गरिने, प्रत्येक स्वास्थ्य संस्थामा निःशुल्क गर्भ जाँच गर्ने, घुम्ती अल्ट्रा सोनोग्राफी सेवा सञ्चालन गरिने छ ।

त्यसैगरी शिक्षातर्फ प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रोत्साहन गर्ने, उपप्रमुखसँग किशोरी शिक्षा कार्यक्रम सञ्चालन गर्ने, गरिब, विपन्न, असहाय, जेहेन्दार विद्यार्थीको उच्च शिक्षा अध्ययनको लागि मेयर छात्रवृत्ति कार्यक्रमको लागू गरी प्रत्येक वर्ष नौ जनालाई इञ्जीनियरिङमा छात्रवृत्ति तथा दुई जनालाई एमबिबिएस अध्ययन गर्ने शैक्षिक शुल्क पूर्णरूपमा नगरपालिकाले बेहोर्ने गरी छात्रवृत्ति प्रदान गरिने, सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट शिक्षण सिकाइ गर्न प्रोत्साहन गरिने, स्थानीय पाठ्यक्रमलाई प्रभावकारिताका साथ कार्यान्वयनमा ल्याइने, विद्यालयस्तरीय मेयरकप फुटबल तथा भलिबल कार्यक्रम सञ्चालन गरिने, परीक्षाको नतिजाका आधारमा विद्यालयलाई पुरस्कृत गरिने नीति लिइएको छ । 

सामुदायिक सिकाइ केन्द्रलाई सूचना प्रविधिमैत्री बनाइने, सामुदायिक विद्यालयमा विद्यालय नगर बस सञ्चालन गर्ने, एक माध्यमिक र एक आधारभूत विद्यालय छनोट गरी नमूना विद्यालयका घोषणा गर्ने, सामुदायिक विद्यालयमा छात्राहरुलाई निःशुल्क स्यानेटरी प्याड वितरण गरिने, दरबन्दी मिलान सम्पन्न गरिने भएको छ । त्यस्तै खेलकूदको विकासका लागि अन्तर्राष्ट्रियस्तरको रग्बी रङ्गशाला निर्माण गरिनेछ, एक वडा एक खेल मैदान बनाइने, नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड तथा विद्यालयमा खेलकूद सप्ताह कार्यक्रम सञ्चालन गरिने, प्रत्येक वडामा ज्येष्ठ नागरिक मिलन चौतारी सञ्चालन गरिने नीति लिएको नगरप्रमुख मिश्रले बताउनुभयो ।

किसानलाई प्रविधिमा अनुदानको नीति लिँदै एक घर एक परिवार, फलफूल सदाबहार कार्यक्रम लागू गरिनेछ । बाँझो जग्गा राख्न निधेष गर्दै त्यस्ता जग्गामा कृषि उत्पादनका लागि आह्वान गर्ने, उत्कृष्ट कृषकलाई पुरस्कृत गरिने, कृषि भण्डारण एवं प्रशोधन केन्द्र सञ्चालन गरिने र कृषिमा आधारित उद्योग खोल्न लगानी बढाइने भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बनाउन एक घर एक करेसाबारी कार्यक्रममार्फत व्यावसायिक तरकारी खेती गर्न कृषकलाई सहुलियत दिने, कृषकलाई कृषि ऋण उपलब्ध गराउने, प्राविधिक सहयोग उपलब्ध गराइने, खाद्य अधिकार सुरक्षा तथा कृषिमा आधारित रोजगार बढाइने, महिलालाई सामूहिक कृषि तथा पशुपालन व्यवसाय गर्न ब्याज अनुदानमा ऋणको व्यवस्था गर्ने, प्रत्येक वडामा कृषि उपज केन्द्र स्थापना गरिने, व्यावसायिक जडीबुटी खेती तथा बेमौसमी तरकारी खेतीका लागि टनेल खेती विस्तार गरिने नीति नगरपालिकाले लिएको छ । नगरसभा बिहीबार सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो