१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सवारी लाइसेन्सको लिखित परीक्षामा कस्तो प्रश्न आउँछ ? विभागले निकाल्यो प्रश्न बैंक

१० असार २०७८, बिहीबार ०७:०३

असार १०, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा सहज हुने गरि सम्भावित प्रश्न संग्रह (क्वेशन बैक) आफ्नो वेसाइटमा प्रकाशन गरेको छ।

विभागले लिखित प्रयोजनका लागि तयार पारेको ५/५ सय वटा प्रश्नहरुको दुईटा प्रश्न संग्रह www.dotm.gov.np मार्फत प्रकाशित गरेको हो।साइटमा राखिने उक्त प्रश्नावलीमा करीब एक हजार प्रश्न राखिने बताइएको छ। त्यही भित्रबाट परीक्षार्थीलाई प्रश्न सोधिनेछ। अहिले विभिन्न स्रोतबाट पढेर परीक्षा दिनुपर्ने व्यवस्था छ। विस्तारै घरमै बसेर लिखित परीक्षा दिने व्यवस्था मिलाउने योजनामा विभाग छ।

परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (वर्ग 'क'/ 'ट' (A/K)- मोटर साइकल/ स्कुटर/मोपेड र वर्ग 'ख' (B)- कार/जीप/ डेलिभरी भ्यानका लागि २०७७ जेठ २ देखि लागू भएको हो।  यातायात सेवालाई थप सेवाग्राहीमैत्री बनाउँदै लैजाने उद्धेश्यले उक्त निर्देशिकाको दफा ५(२) बमोजिम वर्ग 'क'/'ट' (A/K) र वर्ग ख (B) को लागि लिइने लिखित परीक्षा प्रश्न संग्रहबाट ५ अंकका दरले २० वटा वस्तुगत प्रश्नहरु चयन गरी प्रश्नपत्र तयार पारेर सोधिनेछ।

संग्रहित प्रश्नहरु समय सन्दर्भ अनुसार संशोधन हुने सवारी ऐन तथा नियमावली, ट्राफिक नियम, विभागबाट जारी हुने नीति निर्देशन र सवारी साधनमा प्रयोग गरिने नयाँ नयाँ प्रविधिका आधारमा वार्षिक रुपमा अध्यावधिक गरिदै जाने विभागले जनाएको छ। प्रश्नपत्र संग्रहको सार्वजनिक प्रकाशनले परीक्षार्थीलाई लिखित परीक्षाको तयारी गर्न सहज हुने विश्वास विभागले लिएको छ।

प्रश्न संग्रह हेर्न यो लिंकमा क्लिक गर्नुहोला ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह