२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

डोटीका आठ स्थानीय तहले ल्याए बजेट

२०७८, ११ असार शुक्रबार ०४:५३

विमलबहादुर विष्ट । असार ११, डोटी (रासस)। नौवटा स्थानीयतह रहेको डोटीका आठ स्थानीय तहले आज आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमसहित बजेट ल्याएका छन् ।  पूर्वीचौकी गाउँपालिका बाहेका सबै पालिकाले आगामी आर्थिकको बजेट प्रस्तुत गरेका छन् । जसअन्तर्गत बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ४१ करोड ४० लाख १७ हजारको बजेट पारित गरेको छ । उपाध्यक्ष भगवती देवि बमले नवौं गाउँसभामा बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेटमा चालूतर्फ रु २८ करोड ७ लाख ४९ हजार र पुँजीगततर्फ रु १३ करोड ३२ लाख ६८ हजार छ । पालिकाले क्रमशः स्वास्थ्य, शिक्षा तथा कृषिलाई प्रमुख प्राथमिकता दिएको छ ।

यसैगरी दिपायल सिलगढी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु ५५ करोड ८० लाख ६५ हजार बजेट पारित गरेको छ । जोरायल गाउँपालिकाले रु ४६ करोड २२ लाख ५४ हजार बराबरको बजेट पेस गरेको छ । चालुगततर्फ रु ३६ कारोड ३८ लाख ४४ हजार र पूँजीगततर्फ रु ९ कारेड ६९ लाख ४९ हजार ५ सय विनियोजन गरेको छ । कृषि स्वास्थ्य, खानेपानीलगायत क्षेत्रलाई प्राथमिकता दिएको गाउँपालीका अध्यक्ष दुर्गा ओझाले जानकारी दिनुभयो । उता केआइसिंह गाउँपालीकाले रु ३६ करोड ५९ लाख ८६ हजार बराबारको बजेट पेस गरेको छ । पूँजीगततर्फ रु ९ करोड ७ लाख र चालुतर्फ १० करोड १२ लाख ४३ हजार विनीयोजन गरेको छ ।

आर्दश गाउँपालीकाले रु ४७ करोड १७ लाख ४७ हजार बराबरको बजेट पेस गरेको गाउँपालीकाका अध्यक्ष टेकबहादुर रोकायाले जानकारी दिनुभयो । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ को लागि विशेषगरी भौतिक पूर्वाधार विकास निर्माण, कृषि, स्वास्थ्य, शिक्षा, सीपमूलक आयआर्जन तथा रोजगारीलाई बजेटको पहिलो प्राथमिकतामा राखेको छ । यसैगरी बडीकेदार गाउँपालिकाले पनि रु ३४ करोड २६ लाख ९३ हजार बजेट विनियोजन गरेको छ । बडिकेदार गाउँपालिकाको नवौं गाउँसभाबाट गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले नितितथा कायक्रम प्रस्तुत गर्नुभयो । जसबाट आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद् व्यवस्थापन, कृषि, पर्यटन र संस्थागत विकासमा टेवा पुग्ने अपेक्षा गाउँपालिकाले लिएको छ । विभिन्न विषयगत क्षेत्र जस्तै स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, लक्षित वर्गलाई सम्बोधन गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गर्नुपर्ने कानूनी व्यवस्था छ । सोही बमोजीम स्वास्थ्य, शिक्षा, कृषि, पर्यटनलाई प्राथमिकता दिएर डोटीका आठ स्थानीय तहले बजेट पेस गरेका हुन् । तर, पूर्वीचौकी गाउँपालिकाले भने बिबादका कारण यस वर्ष समयमा बजेट पेस गर्न नसकेको अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिनुभयो । स्थानीय तहले यस अगाडिका अधुरा योजना कार्यान्वयन गर्ने बताएका छन् । स्थानीय तहका जनप्रतिनिधिका लागि यस वर्ष बजेट निर्माण गर्ने अन्तिम वर्ष पनि भएकाले विकासका क्षेत्रमा बढी बजेट विनियोजन भएको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ