२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भरतपुरको नीति तथा कार्यक्रमसहित रु चार अर्ब ८१ करोडको बजेट पारित

२०७८, ११ असार शुक्रबार ०४:५७

नारायण अधिकारी ।असार ११, चितवन (रासस) । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु चार अर्ब ८१ करोड १२ लाख ६५ हजारको बजेट सर्वसम्मत  पारित  गरेको छ । महानगरपालिकाका  उपप्रमुख पार्वती शाह ठकुरीले नवौँ नगरसभामा आज सो बजेट प्रस्तुत गर्नुभएको थियो । यो बजेट गत बर्षको भन्दा ६५ करोडले बढी छ । गत वर्ष महानगरले रु चार अर्ब १५ करोड ६४ लाख ८९ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो ।

बजेटमा आन्तरिक आयतर्फ रु एक अर्ब २० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाडबाट रु ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट रु ३० करोड, मर्मत सम्भार कोष, जिल्ला समन्वय समिति र सडक बोर्डबाट रु. ३÷३ करोड आय हुने अनुमान गरिएको छ ।

महानगरले आवमा सबैवडालाई रु एक करोड ७० लाखका दरले एकमुष्ठ बजेट रु.४९ करोड ३० लाख उपलब्ध गराउने भएको छ । शिक्षा विकासमा रु१२ करोड ५० लाख  तथा मर्मत गर्न आवश्यक देखिएका सडकलाई तत्कालै मर्मत गर्न रु छ करोड बजेट विनियोजन गरेको छ ।

महानगरले स्वास्थ्यतर्फ रु नौ करोड, सहकारी तथा रोजगारी प्रबद्र्धनमा रु तीन करोड ५० लाख, कृषि तथा पशुपंक्षी विकासमा रु आठ करोड ७० लाख, युवा तथा खेलकुदमा रु तीन करोड बजेट विनियोजित छ । 

पचास प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण उपलब्ध गराउने, कृषकहरूलाई साना सिंचाइमा अनुदान, कृषकहरूको क्षमता अभिवृद्धि गर्ने तथा प्रविधि हस्तान्तरण गर्ने, कृषि बीमा कार्यक्रमलाई निरन्तरता दिइने लगायतका कृषि विकासतर्फका कार्यक्रम सञ्चालन गर्न रु आठ करोड बजेट रहेको  छ । 

यसैगरी सभामा महानगरप्रमुख प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पनि सभाले पारित गरेको छ । शहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन पूर्वाधार, उद्योग तथा वाणिज्य, सूचना तथा प्रविधिसँगै युवा तथा खेलकुद क्षेत्रको विकास र निजी क्षेत्रको विकास नीति तथा कार्यक्रममा छ । ‘मध्य नेपालको सुन्दर शहर समृद्ध र सुसंस्कृत भरतपुर महानगरको दीर्घकालिन सोच’सहित अघि वढेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा