१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगारीमा हुनुहुन्छ ? ‘असारभित्रै समाजिक सुरक्षा कोषमा आवद्ध हुनुस्’

११ असार २०७८, शुक्रबार ०६:४६

असार ११, काठमाडौं । सामाजिक सुरक्षा कोषले रोजगारदाताहरुलाई असार मसान्त भित्रै कोषमा आवद्ध भई सम्पूर्ण श्रमिकरुलाई सहभागी गराउन आग्रह गरेको छ । श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार श्रम ऐन लागू हुने सम्पूर्ण क्षेत्रका लागि सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य प्रावधान भएकोले कोषमा आवद्ध हुन कोषले अनुरोध गरेको छ । 

२०७८ असार मसान्तभित्र आबद्ध भई योगदान प्रारम्भ गर्ने योगदानकर्ताले अवकाश हुँदा वा जुनसुकै समयमा रोजगारीबाट अन्त्य हुँदा तत्कालै वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत जम्मा भएको प्रतिफलसहितको सम्पूर्ण रकम भुक्तानी लिन चाहेमा एकमुष्ट रुपमा लिन सक्ने लगायतका व्यवस्थासमेत सामाजिक सुरक्षा योजना संचालन कार्यविधि, २०७५ (दोस्रो संशोधन) ले गरेको हुँदा २०७८ असार मसान्तसम्म योगदानकर्ताको योगदान प्रारम्भ गरी/गराई कार्यविधिले प्रदान गरेका सुविधाहरू उपयोग गर्नु गराउनु हुन कोषले अनुरोध गरेको छ ।


२०७८ श्रावणपछि योगदान प्रारम्भ गर्ने योगदानकर्ताका लागि समेत अवकाश हुँदाका बखतमा नै अवकाश सुविधा योजनामा जम्मा भएको रकम प्रतिफल (ब्याज) सहित फिर्ता पाउने व्यवस्था रहेको छ । योगदानकर्ताले चाहेमा निवृत्तभरण योजनामा नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको तीन गुणा रकम मात्र जम्मा हुने गरी सोभन्दा बढी रकम अवकाश योजनामा जम्मा हुने व्यवस्थाबाट जुनसुकै समयमा जागिरबाट अलग हुँदा सम्पूर्ण रकम निकाल्न सकिने व्यवस्था छ ।

जुनसुकै योगदानकर्ताको १८० महिनाभन्दा कम अवधिको योगदान रकम जम्मा भएमा निवृत्तभरण योजनाको रकमसमेत निवृत्तभरण नलिई एकमुष्ठ भुक्तानी लिन चाहेमा लिन सक्ने व्यवस्था समेत छ । सम्बन्धित योगदानकर्ताले चाहेमा अन्य अवकाश कोषमा रहेको पुरानो रकम कोषमा हस्तान्तरण गर्ने व्यवस्था कार्यविधिले गरेकाले त्यस्तो हस्तान्तरण अनिवार्य नभई स्वेच्छिक प्रावधान रहेको छ ।

'उल्लेखित कानुनी व्यवस्था हुँदाहुँदै पनि पछिल्लो समय सामाजिक सञ्जाललगायत अन्य माध्यमबाट सबै योगदानकर्ताका लागि निवृत्तभरण अनिवार्य र ६० वर्षभन्दा पहिले नै जागिर छोडेमा निवृत्तभरण योजनाअन्तर्गतको रकम निकाल्न ६० वर्षसम्म पर्खनुपर्ने, अन्य अवकाश कोषमा रहेको पुरानो रकमसमेत कोषमा नै अनिवार्य ल्याउनुपर्ने एवं सो रकम निकाल्नका लागि समेत ६० वर्ष नै पर्खनुपर्ने र योगदान रकमको साँवा रकम नै प्राप्त नहुने भन्ने लगायतका निराधार टिप्पणीप्रति कोषको ध्यानाकर्षण भएको छ,  कोषद्वारा जारी विज्ञाप्तिमा भनिएको छ ।

आगामी दिनमा निवृत्तभरण योजनालाई बिमाङ्गीय मूल्याङ्कनका आधारमा योगदानकर्तामैत्री र समय सान्दर्भिक बनाउँदै जाने सन्दर्भमा कोष प्रतिबद्ध रहेको जनाइएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा सबै श्रमिकले पाउने गरी कानुनी व्यवस्था भएको सन्दर्भमा कोषमा श्रमिकहरूको सूचीकरण तथा नियमित योगदान गरी / गराई रोजगारदातामा निहीत दायित्वसमेत कोषमा हस्तान्तरण गर्नु गराउनु हुन कोषले अनुरोध गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह