Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘नेपालका ५७ लाख ६० हजार युवा बेरोजगार’

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार ११, काठमाडौं (रासस)। श्रीलङ्काका लागि पूर्व राजदूत तथा प्राडा विश्वम्भर प्याकुरेलले मुलुकका झण्डै ५७ लाख ६० हजार श्रम गरेर खान सक्ने युवा बेरोजगार रहेको बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घको आर्थिक वर्ष २०७८/७९ बजेटसम्बन्धी पूर्व छलफल कार्यक्रममा प्राडा प्याकुरेलले मुलुकमा १५ देखि २९ वर्ष उमेर समूहका युवाको यति ठूलो हिस्सा बेरोजगार हुँदा विकासले गति लिन नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोनाले थलिएको हालको अवस्थामा १९ दशमलव २ प्रतिशत युवा प्रताडित भएका देखिन्छ ।” यसैगरी मुलुकका ८५ प्रतिशत महिला घरायसी काममा मात्र संलग्न रहँदा उनीहरुको लागि सरकारले नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको प्याकुरेलको भनाइ छ । “सरकारले १०/१० वर्षको बीचमा मात्रै तीन लाख रोजगार सिर्जना गर्न सक्षम नहुँदा वर्षेनी बेरोजगारी  समस्या बढ्दै गएको हो” उहाँले भन्नुभयो ।

अमेरिकाका लागि पूर्वराजदूत प्राडा शङ्कर शर्माले सरकारले विभिन्न कामका लागि प्रवाह गर्ने भनिएको ऋण सहयोग उत्पादित क्षेत्रमा भन्दा अनुत्पादित क्षेत्रमा प्रयोग भइरहेकाले त्यसतर्फ मध्यनजर गर्न जरुरी रहेको सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले आउँदो आवका लागि बजेट त ल्यायो तर यो सही ठाउँमा प्रयोग भइरहेको छ वा छैन भनी अनुगमन गर्न समेत जरुरी देखिन्छ ।”

अर्थशास्त्री डा चन्द्रमणि अधिकारीले सरकारले सार्वजनिक गरेको बजेटले सर्वहारा वर्गलाई छुन नसकेको धारणा व्यक्त गर्नुभयो । नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले स्वदेशीका साथै विदेशी बजारमा समेत उत्पादन बढाएर अघि बढ्ने योजना बनाइरहेको बताउनुभयो ।

गोदावरी इकोनोमिक्स फोरमका सल्लाहकार भरत थापाले विकासको चाहनामा भूगोल बिर्सदा प्राकृतिक विपत्ती बढिरहेकाले यसतर्फ दृष्टिगत गर्न जरुरी रहेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “मुलुकका हाइड्रोपावरहरु खोला छेउछाउमा छन् । यसैगरी प्राकृतिक विपत्ती बढ्दै गएमा तिनीहरुको समेत जोखिममा पर्ने हुँदा यसतर्फ बेलैमा सोच्नुपर्ने देखिन्छ ।” सङ्घका अध्यक्ष जगनाथ महर्जनले गोदावरी क्षेत्र आर्थिक विकास सूचकाङ्कमा पछि परेको बताउँदै यहाँबाट व्यवस्थित बजार सञ्चालन गर्न केही स्थानका पूर्वाधार निर्माणमा ध्यान दिन जरुरी रहेको बताउनुभयो