2026-09-22 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक २७.३८ अंकले बढ्यो, कारोबार रकम जम्मा ७ अर्ब मात्रै

असार १३, काठमाडौं । आइतबार नेप्से परिसूचक २७.३८ अंकले बढेर २८७०.३८ विन्दुमा पुगेको छ । आज कुल २ करोड ९ लाख ७४ हजार ३७७ कित्ता सेयर ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार ७२८ रुपैयाँमा कारोबार भएको छ ।

यो दिन १०२ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११४ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यसैगरी ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ । सब इन्डेक्सतर्फ जलविद्युत् र बैंकिङ समूहमा वृद्धि देखिएको छ भने विकास बैंक, होटल तथा पर्यटन र फाइनान्समा गिरावट देखिएको छ ।

यो दिनको कारोबारमा सबैभन्दा धेरै कमाउने शीर्ष कम्पनीमा सेञ्चुरी बैंक र माथिल्लो तामाकोसी कम्पनी छन् । त्यसैगरी युनाइटेड इदी मर्दीै एण्ड आरबी हाइड्रोपावर, रिडी हाइड्रोपावर, सिभिल बैंकलगायत कम्पनी पनि छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा गोर्खाज फाइनान्स, प्रोग्र्रेसिभ फाइनान्स, रिलायन्स फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, युनियन हाइड्रोपावर र मिथिला लघुवित्त वित्तीय संस्थालगायतका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो