९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निकुञ्जद्वारा पर्यटकीय मार्ग निर्माण

१४ असार २०७८, सोमबार ०४:४१

असार १४, रसुवा (रासस)। लाङ्टाङ राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा गरेका विकास निर्माणको गतिविधि सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा पर्यटकीय पदमार्ग निर्माण एवं मर्मत, पर्यटकीय टिकट काउन्टर, पर्यटकीय प्रवेशद्वार एवं मानव तथा वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल र आवादी जमीनको सिमानामा तारबार निर्माण गर्ने काम सम्पन्न गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

संरक्षणको जागरण एवं पदमार्ग तथा तारबार समेतका निर्माणको काम सम्पन्न गराउन समग्रमा रू एक करोड १९ लाख ३८ हजार १६५ खर्च भएको प्रमुख संरक्षण अधिकृत सुषमा रानाले बताउनुभयो । स्याफ्रुबेँसीदेखि रिम्चे हुँदै लाङ्टाङसम्मको पदमार्गअन्तर्गत सात किलोमिटर भूभागमा मर्मत एवं पुनः निर्माण सम्पन्न गरी नेपालको तेस्रो पर्यटकीय गन्तव्य क्षेत्रको प्राकृतिक छटा अवलोकन गर्न जाने आन्तरिक एवं बाह्य पर्यटकलाई यात्रामा सहज बनाइएको बताइएको छ ।

यस्तै निकुञ्जअन्तर्गत सूर्यकुण्डदेखि नुवाकोटको ठाडेपाटीसम्म सात किलोमिटर पर्यटकीय पदमार्ग मर्मत तथा निर्माण, नुवाकोटको कुटुमसाङमा पर्यटकीय टिकट काउन्टर एवं पर्यटकीय प्रवेशद्वार समेत निर्माण गरिएको निकुञ्जका वन प्राविधिक रमेश बस्नेतले जानकारी दिनुभयो । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाअन्तर्गत सिलामेमा दुई दशमलव पाँच किलोमिटर मेसजालीको तारबार गरिएको छ । सो क्षेत्रमा निकुञ्जका बँदेल तथा अन्य जनावरले किसानका बालीमा नोक्सान पुर्याउने समस्या बढेपछि मानव र वन्यजन्तुबीचको द्वन्द्व अन्त्य गर्न जङ्गल र आवादी जमीनको बीचमा तारबार गरिएको अर्का वन प्राविधिक विवेक श्रेष्ठले बताउनुभयो ।

संरक्षणको जागरण कार्यक्रमअन्तर्गत डढेलो नियन्त्रण एवं रामसार र सिमसार क्षेत्रको महत्वका बारेमा समुदायमा जागरण ल्याइएको बताइएको छ । निकुञ्जका कर्मचारी, सुरक्षामा तैनाथ नेपाली सेना विष्णु दल गण, चोरी शिकारी नियन्त्रण समूह, स्थानीय संरक्षणप्रेमीको सहयोगमा चोरी शिकारीका घटना न्यून हुँदै गएको र निकुञ्ज क्षेत्रमा वन पैदावारको व्ययभारमा समेत ५० प्रतिशतले कमी आएको प्रमुख संरक्षण अधिकृत रानाले बताउनुभयो । यसैगरी चालू आर्थिक वर्षमा निकुञ्जभित्र चोरी शिकारी तथा गैरकानूनी क्रियाकलाप गर्ने सात जनालाई कारवाहीको दायरामा ल्याइएको छ । 

एकातिर भारी वर्षाले बाढी पहिरोका कारण पैदल मार्गमा अवरोध भएको छ भने अर्काेतर्फ कोभिडको बढ्दो सङ्क्रमणले वन जङ्गलको गस्तीमा केही कमी आएको छ । वन जङ्गल मास्ने तथा वन्यजन्तुको शिकार गर्ने जस्ता गैरकानूनी क्रियाकलाप भएको पाइएमा संरक्षणप्रेमीद्वारा गोप्य सूचना पाउनेमा आशावादी भएको निकुञ्जले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रुखले च्यापिएर एकको मृत्यु, दुई घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै जीपीएसकाे भर पर्दा कार नदीमा खस्याे, तीन जनाको मृत्यु प्रदर्शनको २४ दिनसम्म ‘पूर्णबहादुरको सारंगी’ले कमायो साढे ४३ करोड आईपीएल इतिहासकै महँगा खेलाडी बने श्रेयस अय्यर अस्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ? रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै