२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखाको धार्चे गाउँपालिकामा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध : धादिङको होटलबाट कार्यालय सञ्चालन

१५ असार २०७८, मंगलवार ०८:५१

असार १५, गोरखा (रासस)। सिङ्गो गाउँपालिका नै विद्युत् र इन्टरनेटविहीन भएपछि गोरखाको एक स्थानीय तहले गाउँपालिकासँग जोडिएको छिमेकी जिल्ला धादिङबाट कार्यालय सञ्चालन गर्न शुरु गरेको छ । 

जिल्लाको धार्चे गाउँपालिकाले विद्युत् र इन्टरनेट बिना सेवा प्रवाह गर्न कठिन भएपछि आजदेखि धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको एक होटल भाडामा लिएर कार्यालय सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिनुभयो । असार लागेसँगै लगातारको वर्षाका कारण आएको बाढीपहिरोले विद्युत्को पोल ढलेको हुँदा पालिकाको कार्यालय रहेको माछाखोलामा लामो समयसम्म विद्युत् सेवा अवरुद्ध हुँदै आएको छ । “विद्युत् सेवा र इन्टरनेटको अभावमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “आर्थिक वर्ष सकिनै लाग्दा सम्पन्न भएका योजनाको भुक्तानी गर्न समेत समस्या भएको छ ।” गत जेठको अन्तिम सातादेखि अवरुद्ध भएको विद्युत् सूचारु हुने अवस्था नभएपछि गाउँपालिकाले अस्थायी रुपमा स्थापना गरेर भएपनि कार्यालय सञ्चालनमा ल्याउन वाध्य भएको अध्यक्ष गुरुङको भनाइ छ । 

“कामको चाङ छ, केही गर्न नै पाइएको छैन”, गाउँपालिकाका उपाध्यक्ष फुलमायाँ गुरुङले भन्नुभयो, “आइतबारदेखि कार्यालयका झिटीगुन्टा लिएर धादिडको त्रिपुरा सुन्दरीमा अस्थायी कार्यालय स्थापना गरि काम थालेका छौ ।” माछीखोलामा नै बसेर कार्यालयको काम सम्पन्न गर्न सक्ने अवस्था नभएपछि अस्थायी रुपमा कार्यालय स्थापना गरेर भएपनि सेवाग्राहीलाई सेवा दिइरहेका छौं, उहाँले भन्नुभयो । असार लागेसगै परेको अबिरल वर्षापछि आएको बाढी र पहिरोले आरुघाटदेखि माछीखोलासम्म जडान गरिएको राष्ट्रिय प्रशारण लाइनको विद्युत् पोल दर्जनौ स्थानमा ढलेका छन् । पोल ढलेका कारण विद्युत् सेवा प्रवाह गर्न समस्या भएको बताइएको छ । त्यस क्षेत्रमा तत्कालै विद्युत् प्रवाह गर्न सक्ने अवस्था नरहेको सल्यानटार विद्युत् प्रशारण केन्द्रले जनाएको छ । 

“बुढीगण्डकी नदीको बगरबाट माछाखोलासम्म पुरयाइएको विद्युत्को हाइटेन्सन लाइन बाढीका कारण नदीको बीच भागमा पुगेको छ”, गाउँपालिकाका अध्यक्ष गुरुङले भन्नुभयो, “भिरालो स्थानका केही पोलहरु पहिरोले कामै नलाग्ने गरी विग्रिएको छ । विद्युत् र इन्टरनेट सुचारु हुनासाथ पुनः आफ्नै कार्यालयबाट सेवा प्रवाह गरिनेछ ।” नेपाली सेनाले सुचारु गरेको आरुघाट—माछीखोला सडकअन्तर्गत विभिन्न स्थानमा सोमबार राति पहिरो जाँदा अवरुद्व बनेको छ । सडक अवरुद्ध हुँदा मान्बु हुँदै काशीगाउँ भएर मात्र माछीखोला पुग्नु पर्ने वाध्यता छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य