२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनए मलेसियाको अध्यक्षमा शाहको उम्मेदवारी घोषणा, यस्ता छन् शाहको प्रतिबद्धताहरु

१७ असार २०७८, बिहीबार ०५:५६

असार १७, क्वालालम्पुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसिसी मलेसियाका पूर्व अध्यक्ष एवं बर्तमान आईसिसि सदस्य महेन्द्रजंग शाहले एनआरएनए एनसिसी मलेसियाको सातौ अधिवेसनका लागी बुधबार अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनले मलेसियामा स्थापित संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा उम्मेदवारी घोषणा गरेका हुन् । 


शाहको उम्मेदवारी कार्यक्रममा जनसम्पर्क समिति मलेसियाका उपाध्यक्ष कमल गौतम र टेक टमाटाले एनआरएनए मलेसियाको आगामी अध्यक्षमा शाहलाई विजय गराउन मलेसियामा रहेका सबै नेपालीलाई आग्रह गरे ।

एनसीसी मलेसियालाई गतिशील नेतृत्व प्रदान गरि एनसीसी मलेसियाको हरेक गतिविधीहरुलाई श्रमिकमैत्री बनाउन पुन: एक कार्यकाल काम गर्ने उद्देश्यले शाहले उम्मेदवारी दिएको बताएका छन् । शाहले उम्मेदवारी घोषणासंगै आफ्ना घोषणा पत्र समेत सार्वजनिक गरेका छन् ।


नेपाल बाहिर बस्ने नेपालीहरु स्वतः गैरआवासीय नेपाली हुन भन्ने परिभाषालाई पुर्नस्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्बय परिषदमार्फत पहल गरिने जानकारी गराएका छन् । उनले विगतमा घोषित कार्यक्रमहरु विविध कारणवश सम्पन्न गर्न असमर्थ भएको बताउँदै ती अधुरा कामहरु सम्पन्न गर्न अध्यक्षमा विजयी गराउन आग्रह गरेका छन् । उनले मलेसियाबासी एनसीसी सदस्यहरुलाई सहयोग र समर्थन गरि आगामी सातौ महाधिवेशनमा अध्यक्षमा निर्वाचित गरि सहयोग गर्न अपिल गरेका छन् ।

यस्ता छन् शाहको प्रतिबद्धताहरु

१. एनसीसी मलेसियाको हरेक गतिबिधिहरुलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गरिने र अझ सशक्त बनाईने छ ।

२. मलेसियामा रहेका नेपालीहरुलाई निशुल्क एनआरएनएको सदस्यता वितरण गरिनेछ ।

३. नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गरिरहेको र आगामी दिनहरुमा अझ प्रभावकारी र परिणाममुखी वनाउनका लागि पहल गरिनेछ ।

४. नेपाली नियोगसंग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गरी थप रचनात्मक ढङ्गवाट कार्य सम्पादन गरिने ।

५. मलेसिया सरकारको सम्वन्धित निकायसंगको सहकार्यमा नेपाली श्रमिकहरुका लागि चेतनामुलक कार्यहरु गरीने र संस्थागत रुपमा सम्वन्ध स्थापित गरी थप कार्यहरु गरिने ।

६. प्राय नेपालीहरु मलेसिया आउदा यहाँको भाषा,सस्कृति, धर्मका वारेमा त्यति जानकारी नहुदा समस्यामा पर्ने हुदा सोको न्युनिकरणका लागि चेतनामुलक कार्यक्रमको आयोजना गरिनेछ ।

७. मलेसियासंग नेपाली समुदायको भुमिका प्रभावकारी वनाउनका लागि सम्वन्धित पक्षसंग समन्वय गरिनेछ ।

८. नेपालमा बैदेशिक लगानिका लागि संवृद्ध नेपाल निमार्णको अभियानमा मलेसियावाट इच्छुक लगानीकर्ताहरुको लागि आवश्यक पहल गर्न नेपाली नियोगको समन्वयमा प्रभावकारी भूमिका निर्वाह गरिनेछ ।

९. नेपालको पहिचान रहने नेपाली कला तथा सस्कृतिलाई विश्व सामु चिनाउनका लागि गैरआवसिय नेपाली संघको विश्व संजाल मार्फत आवश्यक पहल गरिनेछ ।

१०. पुर्व परिभाषीत गैरआवसिय नेपाली संघको मान्यता अनुसार सार्क मुलुक भन्दा वाहिर एक आर्थिक वर्षमा १८२ दिन नेपाल वाहिर वस्ने नेपाली स्वतः गैरआवसिय नेपाली हुन भन्ने परिभाषालाई पुन स्थापित गर्नका लागि अन्तराष्ट्रिय समन्वय परिषद मार्फत पहल गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो