Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
१२ माघ २०८२, आईतवार
अर्थ/विकास

बाबा ग्यास उद्योगमा खोला पस्यो, बग्न थाले सिलिन्डरहरु

१७ असार २०७८, बिहीबार ०९:३४

असार १७, चितवन (रासस)। खैरहनी नगरपालिका वडा नम्बर १ वेल्सीमा रहेको बाबा ग्यास उद्योगमा खोला पसेर क्षति पुर्याएको छ । कयर खोलाले उद्योगमा क्षति पुर्याएको हो । 


उद्योगका निर्देशक बिमल कालाखेतीका अनुसार त्यहाँका धरै सिलिण्डर वगाएका छन् । उहाँले भन्नुभयो, “यहाँका सिलिण्डर वगाएर सौराहा सम्म पुगेका छन् ।”वाढीले उद्योगको संरचनामा नोक्सान पुर्याएको छ । उद्योगमा १० देखि १५ हजार सिलिण्डर रहन्छ । के कति सिलिण्डर वगायो र अरु नोक्सान कति भयो भन्ने बारेमा एकिन भइसकेको छैन । 

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले निरन्तरको वर्षाले पूर्वी चितवनको खैरहनीसँगै रत्ननगर, राप्ती र कालिका नगरपालिका प्रभावित भएको बताउनुभयो । स्थानीय खोलाहरु बढेर पुलहरु उच्च जोखिममा रहेको उहाँले बताउनुभयो । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि खटिएको छ ।


जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार पूर्वी चितवनका खगेरी, कयर र लदरी खोलाले खैरहनी नगरपालिका वडा नम्बर १,२,३,८ र ९ सँगै रत्ननगर नगरपालिकाको वडा नम्बर ३ शान्ति चोक डुवानमा परेको छ । कतिपयलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको उहाँले बताउनुभयो । लदरी खोलाको चैनपुर चोकबाट भित्र रहेको नयाँ पुल बाढीले वगाएको छ । लोथर र राप्ती खोलासमेत वढ्दै गएको भन्दै उहाँले सौराहा पनि डुवानको खतरामा रहेको जानकारी दिनुभयो ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह