2026-09-22 07:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ज्योति विकास बैंकको ‘ज्योति विकास बैंक बन्ड २०८७’ ऋणपत्र निष्काशन, कति पाइन्छ ब्याज ?

असार २०, काठमाडौं । ज्योति विकास बैंकले २०७८ असार २० गतेदेखि एक हजार रूपैयाँ अंकित दरका १५ लाख कित्ताले हुन आउने डेढ अर्ब रुपैयाँको ‘ज्योति विकास बैंक बन्ड २०८७’ ऋणपत्र निष्काशन खुल्ला गरेको छ। 

बैंकले निष्काशनको निमित्त एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ। ९ प्रतिशत वार्षिक ब्याजदरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि ऋणपत्र निष्काशन गरिएको हो। 

१.५ अर्बको ऋणपत्रमध्ये सर्वसाधारण लगानीकर्ताहरुका लागि ६० करोड र व्यक्तिगत र विभिन्न संघ÷संस्थाहरुका लागि ९० करोड निष्काशन तथा बिक्री खुल्ला गरेको हो। उक्त ऋणपत्रमा न्यूनतम आवेदन २५ कित्तादेखि अधिकतम आवेदन सम्पूर्ण कित्ता रहेको छ।

लगानीकर्ताहरुले यस ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सिआस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ एटीएममार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो