२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पाँचथरमा खोलाले बगाएर दुई किशोर बेपत्ता

२० असार २०७८, आईतवार १२:३५

असार २०, पाँचथर (रासस) । पौडी खेल्न गएका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका छन् ।

आज दिउँसो पौडी खेल्न पाँचथर–ताप्लेजुङ सीमाबाट बग्ने इंवा खोला गएका जिल्लाका याङवरक गाउँपालिका–४ थर्पू बजार छेउका दुई जना किशोर खोलाले बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा याङवरक–४ निशानधाम छेउका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ छन् ।

स्थानीय सञ्चारकर्मी नेत्रप्रसाद कोइरालाका अनुसार यहाँका छ जना किशोर पौडी खेल्न भनी इंवा र काबेली खोलाको दोभान छेउ त्रिवेणी गएका थिए ।

पौडी खेल्ने क्रममा नदीको बहावले लक्ष्मण र बिपललाई बगाएपछि अन्य किशोरले गाउँमा आई स्थानीयवासीलाई खबर गरेका थिए ।

दिउँसो करीब २ बजे घटना थाहा पाएपछि स्थानीयवासी र प्रहरी खोजी कार्यमा जुटेका छन् । खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोलीसमेत घटना स्थलतर्फ गएको छ । बेपत्ता भएका लक्ष्मण र बिपल दाजुभाइका छोरा हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान