2026-09-22 07:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अठार महीनामा सम्पन्न गर्नुपर्ने विद्युत आयोजना ३२ महिनामा पनि बनेन

दान बहादुर बुढा | असार २२, मुगु | मुगु जिल्लाको पश्चिमी भेग खत्याड गाँउपालिका वडा नम्बर ११ मा संचालित बिराबगर विद्युत आयोजना अठार महिनामा सम्पन्न गर्ने आयोजना ३२ महिना बितिसक्दा पनि बनेन ।

खत्याड गाँउपालिका भित्र रहेका दर्जनौं बस्ती र छिमेकी जिल्ला बाजुराका केही बस्तीलाई लक्षित गरी २०७६ साल असोजबाट निमार्ण कार्य सन्चालनमा आएको यो बिराबगर विद्युत आयोजाना १८ महिनाभित्र सम्पन्न गर्ने सन्चालनमा आए पनि अहिले ३२ महिना पुगिसक्दा पनि अलपत्र परेको छ ।

यो आयोजना निर्माणको लागि सिभिल ओकमा काम गर्ने जिम्मा लिएको मेगा फेवा जेबी कम्पनि र पोल हाल्ने लाईन हाल्ने जिम्मा लिएको कस्मीर कम्पनि लिमीटेडले लिए पनि अहिले आयोजना स्थालमा काम बन्द भएको छ । केही काम भए पनि हिजो-आज कोरोना महामारीको कारण देखाउदै आयोजनाको काम बन्द भएको छ ।

‘धेरै काम भैसकेको छ, केही काम हुन बाँकी रहेको छ आयोजना निर्माणको जिम्मा लिएका कम्पनिहरुलाई ताकेता गरिरहेको छु, कोरोनाको कारण लकडाउन हुँदा केही समस्या आएको हो’, आउदो दशैसम्म विद्युत निमार्ण कार्य सम्पन्न हुने बिराबगर विद्युत आयोजनाका सहजकर्ता अजबहादुर शाहीले बताएका छन् ।

सृजनशील कृषि सहकारीबाट सन्चालन भएको यस बिराबगर विद्युत आयोजानमा एसियाली बिकास बैक १९ करोड १०लाख अन्य बजेट नेपाल सरकार बैकल्पीक उर्जा प्रवर्दन केन्द्रबाट ३ करोड माछापुछ्रे बैंकबाट ऋण र सहकारीमा रहेको सेयर सदस्यबाट गरी जम्मा २७ करोडमा ५ सय किलोवाट क्षमताको विद्युत संचालित आयोजना अहिले धेरै काम भईसकेको आयोजना स्थालमा आवश्यक पर्ने सम्पूर्ण सामान आईसकेको छ । दशैंमा विद्युत बाली सक्ने र स्थानिय तहबाट यो आयोजनालाई निकै गम्भीर रुपमा हेरिरहेको खत्याड गाँउपालिकाका अध्यक्ष उब्जन बहादुर शाहीले जानकारी दिएका छन् । यता विद्युत उपभोग गर्ने स्थानिय नागरिकलाई यो आयोजनाका कुल बजेट कति हो? कहाँबाट सन्चालन भएको हो ? र कहीले बत्ती बाल्ने हो भन्ने कुनै पनि बिषयमा जानकारी नभएको स्थानियबासीहरुको गुनासो रहेको छ ।

आयोजनामा प्रयोग हुने सिमेन्ट केही म्याद (दट)भैसकेको छ अन्य अन्य सामान उपकरणमा खिया लागेर अलपत्र अबस्थामा रहेको छन । 

आयोजना निमार्णको जिम्मा लिएका कम्पनिहरु कोभिडको कारण भन्दै आयोजना भन्दा बाहीर रहेका छन् । काम भने बन्द हुँदा क्यानल, पावरहाउस, लाईन तान्ने लगाएत अन्य काम सबै अधुरा भएर अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो