Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

उत्तरी गोरखामा हेलिकोप्टरमार्फत चामल ढुवानी

By साझासवाल 3 मिनेट पढाइ

असार २४, गोरखा (रासस)। बाढी र पहिराले सडक मार्ग अवरुद्ध भएपछि उत्तरी गोरखामा हेलिकोप्टरमार्फत चामल ढुवानी  गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर मार्फत्  बुधबार करिब ८५ क्विन्टल चामल पुर्याइएको चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिनुभयो । खाद्य तथा व्यापार कम्पनी लिमिटेडका सहुलियतका चामल सिर्दीबास पु¥याएको उहाँले बताउनुभयो ।

जेठको अन्तिम सातादेखि नै लगातार परेको अविरल वर्षाका कारण सो गाउँपालिकामा सडक तथा पैदलबाट समेत अवरुद्ध भएपछि चामल ढुवानी गर्न समस्या हुँदै आएको थियो ।

“चामल ढुवानीका लागि अहिले त्यस क्षेत्रमा खच्चडसमेत हिँड्ने बाटो छैन”, उहाँ भन्नुभयो, “कुनै विकल्प नभएपछि हारगुहार गर्दा गृहले सेनाको हेलिकोप्टर उपलब्ध गराइदिएपछि चामल ढुवानी गर्न सम्भव भएको हो ।” हेलिकोप्टरबाट दुवानी गरिएको चामल खाद्य तथा व्यापार कम्पनी लिमिटेड सिर्दिबास डिपोमा राखिएको उहाँले बताउनुभयो ।

लगातारको अविरल वर्षाका कारण आएको बाढीपहिराले सडक, पैदल बाटोसँगै सञ्चार सम्पर्कसमेत बिच्छेद बनेको अध्यक्ष गुरुङले बताउनुभयो । मौसम सफा भएलगत्तै हेलिकोप्टरबाट थप चामल ढुवानी गरिने उहाँले जानकारी दिनुभयो । लिमिटेडले सिर्दिबास डिपोमा १५० क्विन्टल पुर्याउने योजना रहेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो ।

कम्पनीले चालु आवमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा अहिलेसम्म दुई हजार क्विन्टल मात्र सिर्दिबास पुर्याएको छ ।