2026-09-18 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोकिएन बालश्रम

असार २७, नेपालगञ्ज (रासस)। नेपालगन्ज शहरका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ । जिल्लालाई बालश्रमिकमुक्त जिल्लाको पहिचान दिइएको छ ।

झण्डै १४ वर्ष वर्षअघि (सन् २००७ नोभेम्बर २० मा) तत्कालीन बाँके जिल्ला बालकल्याण समिति र बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले यस जिल्लालाई ‘बालश्रमिकमूक्त जिल्ला’ घोषणा गरे । घोषणा गर्दा नै यसमाथि प्रश्न उठाइएको थियो । त्यस बखत पनि बाँकेमा बालश्रम उन्मूलन नै भइसकेको थियो । गैरसरकारी संस्थाको घोषणा गर्नुपर्ने कार्यक्रम बमोजिम जिल्ला बालकल्याण समितिलाई फकाएर त्यसो गरिएको त्यति बेलै सुनिएको थियो । 

तथ्याङ्क अनुसार, नेपालगञ्जमा मात्रै अहिले झण्डै दुई हजार बढी बालश्रमिक विभिन्न उद्योग, व्यापार, व्यवसायमा कार्यरत छन् । राज्यको पुर्नःसंरचनापछि बालश्रमिकको तथ्याङ्क अद्यावधिक गर्ने जिम्मेवारी स्थानीय तहको काँधमा छ । कूल आठ स्थानीय तह रहेको बाँके जिल्लामा हाल नौ वर्षमुनिका पाँच, १० देखि १४ वर्षका ६० र १४ देखि १७ वर्षका ४० प्रतिशतभन्दा बढी बालबालिका बालश्रमिकका रुपमा कार्यरत रहेको पुरानो तथ्याङ्कमा उल्लेख छ ।  

कानूनतः १४ वर्ष उमेरका बालबालिकालाई कुनै पनि बहानामा श्रममा लगाउन पाइदैन, तर यहाका प्रायःजसो व्यवसाय सञ्चालन गरिने प्रतिष्ठानमा सोही उमेरका बालबालिकालाई पनि श्रममा लगाएको सहजै देख्न सकिन्छ । ‘अनुगमन र नियमन गर्ने निकाय पनि यस सम्बन्धमा तै चुप, मै चुप भएर बसेका छन् । 

श्रम कार्यालय, स्थानीय प्रशासन र सरोकारवालाले कहिले पनि बालश्रम राख्ने उद्योग, व्यापार र व्यवसायिक प्रतिष्ठानमा अनुगमन र नियमन गरेको सूचना बाहिर ल्याउने गरेका छ्रैनन्’—अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ५ का प्रमुख भोला महतको अनुभव छ । बाँकेलाई बालश्रममुक्त गर्ने अभियानमा अहिले फेरि पनि स्थानीय प्रशासन, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, गाउँपालिका, युनिसेफ, सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, बागेश्वरी असल शासन क्लब (बास) लगायतका सरकारी तथा गैरसरकारी निकाय क्रियाशील रहेपनि विगतमा गरिएको हतारपूर्ण निर्णयले फेरि पनि नतिजा सोचे जस्तो आउला भनेर ठोकुवा गर्ने अवस्था नभएको महतको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई