Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सार्वजनिक यातायातको भाडा २८ प्रतिशतसम्म बढ्यो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ३०, काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । दुई वा दुई भन्दा बढी प्रदेशमा संचालन हुने सार्वजनिक यातायातका साधनहरुको भाडा  २० देखि २८ प्रतिशतसम्म भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको जनाईएको छ । निर्णय अनुसार लामोदुरीमा चल्ने अर्थात राष्ट्रियस्तरका सार्वजनिक रूटमा चल्ने सार्वजनिक यातायातको भाडा २८ प्रतिशतले बढेको हो । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडादर २० प्रतिशत तथा तराईमा चल्ने मालबाहक सवारीको भाडा २६ प्रतिशतले बढेको छ । विभागका अनुसार बढेको भाडा असार २९ गतेदेखि लागू भएको छ ।

पछिल्लो समय २०७५ असोजमा भाडा बढाइएको थियो । पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर भाडादर निर्धारण गरिएको विभागले जनाएको छ । सवारी साधनको भाडादर निर्धारण इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानि निर्धारण गरिन्छ ।