१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गरिने

१ श्रावण २०७८, शुक्रबार १०:३८

साउन १, काठमाडौँ (रासस)। अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गर्नुभएको छ ।

सिंहदरबारस्थित अर्थमन्त्रायलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिनुभयो । “अहिलेसम्मको यथार्थ अवस्था के छ त ? त्यसले कतातर्फ कस्तो सङ्केत गरिरहेको छ ? श्वेतपत्र भन्नुस् वा यथार्थपत्र भन्नुहोस् मन्त्रालयको तर्फबाट प्रस्तुत गर्नेछु”, अर्थमन्त्री शर्माले भन्नुभयो । 

उहाँले सबै वस्तुस्थिति बुझेर केही दिनभित्रैमा अर्थतन्त्रको समग्र अवस्थाबारे सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो । सोही क्रममा सरकारको समग्र भावी योजनासमेत सँगसँगै सार्वजनिक गर्ने पनि उहाँले बताउनुभयो । अर्थमन्त्री शर्माले अहिलेको परिस्थितिलाई सहज र आर्थिक क्रियाकलापलाई चलायमान गराउँदै गत वर्षको कमीकमजोरीलाई समेत  सच्याएर अघि बढ्ने क्रममा मन्त्रालय रहेकोसमेत उहाँले उल्लेख गर्नुभयो । सबै विषयमा मन्त्रालय गम्भीर छलफल गरी समाधानको उपाय खोजी गरिरहेकोसमेत उहाँले जानकारी गराउनुभयो । 

अध्यादेशमार्फत आएको बजेटलगायतको विषयमा सदनमा प्रस्तुत हुने भएकाले त्यो सदनले नै निर्णय गर्ने उहाँले बताउनुभयो । उहाँले आफूले जिम्मेवारी पाइसकेपछि दैनिक गर्नुपर्ने काम मात्रै गरिरहेको र समग्र विषयमा महाशाखाका अधिकारीसँगको छलफललाई तीव्र पारिरहेको उहाँले बताउनुभयो । 

मन्त्री शर्माले भन्नुभयो, “सबै क्षेत्रका आआफ्ना माग छन्, समावेश गर्नुपर्ने कुरा पनि आएका छन्, सबै कुरा छलफलकै क्रममा छ, त्यसैको आधारमा मुलुकको आर्थिक मानचित्र तयार पारिनेछ ।” उहाँले पुँजी बजारलगायतका समस्या रहेको जानकारी गराउँदै त्यसलाई सर्वसाधारण जनताको हितमा हुने गरी कसरी काम गर्न सकिन्छ भनेर योजना निर्माण गरिनसमेत आश्वासन दिनुभयो । उहाँका अनुसार पुँजीबजारले रु १४ अर्बको राजस्व योगदान गर्दै आएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह