2026-09-19 03:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुदूरपश्चिम प्रदेशमा ७९ हजार सवारीसाधन कारवाहीमा

साउन ३, टीकापुर (रासस)। गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशमा ७९ हजार ८९ सवारीसाधन कारवाहीमा परेका छन् । 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा कारवाहीमा परेका सवारी चालकबाट रु चार करोड ५७ लाख ६७ हजार राजश्व सङ्कलन भएको छ । गत आर्थिक वर्षमा सबैभन्दा बढी २९ हजार २८३ मोटरसाइकल, १८ हजार २२४ जीप र कार, १४ हजार २६९ ट्रक, ११ हजार ७५८ ट्र्याक्टर, दुई हजार ८४३ बस र दुई हजार ७१२ अन्य सवारीसाधन कारवाहीमा परेका छन् । 

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ५६ हजार १५३ सवारीसाधनको कारवाहीबाट रु  तीन करोड ३१ लाख ९९ हजार ५०० राजश्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्षमा २२ हजार ९३३ बढी सवारीसाधन कारवाहीमा परेका छन् भने रु एक करोड २५ लाख ६७ हजार ५०० राजश्व बढी सङ्कलन भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

सवारी चालकले ट्राफिक नियम उलङ्घन र ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गर्दा सवारीसाधन बढी कारवाहीमा परेका र त्यसबाट राजश्व बढी सङ्कलन भएको उहाँको भनाइ छ । ‘‘हामीले चेकजाँचमा वृद्धि गरेका हौं । जसले राजश्वसमेत बढेको छ’’, उहाँले भन्नुभयो, ‘‘कारवाही हुने सवारीको सङ्ख्यासमेत बढेको छ ।’’

गत वर्ष यो प्रदेशमा ५६२ सवारी दुर्घटनामा ७८३ सवारीसाधनमा क्षति भएको थियो भने १८७ जनाको ज्यान गएको थियो । सो अवधिमा ५८७ गम्भीर र ५०९ जना सामान्य घाइते भएका थिए । सडकको अवस्था, नागरिकको लापरवाही र तीव्रगतिका कारण सवारी दुर्घटना बढिरहेको र त्यसमा कमी ल्याउनका लागि सबै पक्ष सचेत हुन आवश्यक रहेको प्रवक्ता सिंहले बताउनुभयो । ‘‘कच्ची सडक, सवारीको सङ्ख्यामा वृद्धि, मदिरा सेवन दुर्घटनाका मुख्य कारण छन्’’, उहाँले भन्नुभयो, दुर्घटना न्यूनीकरणका लागि सबै सचेत भएमा कमी आउन सक्छ । यहाँ ट्राफिक नियमपालना नगर्नु, भौगोलिक अवस्था, चालकको लापरवाही आदि कारणले दुर्घटना बढाएको छ ।’’

प्रहरीले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशभरी विभिन्न खाले जनचेतनामूलक कार्यक्रमसमेत गर्ने गरेको छ । ट्राफिक नियमपालना गराउन पम्पलेट बाड्ने, विभिन्न सङ्घसंस्थाको सहकार्यमा सडक नाटक देखाउने र विद्यालयस्तरीय कार्यक्रम गर्ने कार्य गर्ने गरेको उहाँको भनाइ छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई