७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अझै खाली भएन कलङ्की–चाबहिल सडक

४ श्रावण २०७८, सोमबार ०९:२२

सञ्चिता घिमिरे । साउन ४, काठमाडौँ (रासस)। चक्रपथको दोस्रो खण्डका रुपमा रहेको कलङ्की–चाबहिल (धोबीखोलासम्म) को सडक विस्तारका लागि निर्माणस्थल अझै खाली हुन सकेको छैन । सो सडकमा पर्ने सामाखुसी–महाराजगञ्ज खण्डमा विद्युत्का पोल हटाउन बाँकी छ । उक्त सडकमा निर्माणको काम गर्न चिनियाँ टोली आउन चाहेको भए पनि सडक खाली भइनसकेका कारणले निर्माण शुरु गर्न ढिलाइ भएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । 

सामाखुसीदेखि महाराजगञ्जसम्मका विद्युत्का खम्बा सार्ने काम भइरहेको योजनाका प्रमुख अर्जुन सुवालले बताउनुभयो । विद्युत्का खम्बा एक सातामा हटाउने गरी सम्झौता भए पनि पानीले गर्दा हटाउन नसकिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पानी परिरहँदा तार हटाउन पनि गाह्रो छ र विद्युत्भार कटौती गर्ने अवस्था छैन ।” 

सो सडकमा विभिन्न खण्डमा स्तूपा, मन्दिर, घरलगायतका संरचना अझै हटाउन बाँकी रहेको योजनाले जनाएको छ । स्वयम्भु नजिकै रहेको स्तूपाको पर्खाल सार्न बाँकी रहेको प्रमुख सुवालले बताउनुभयो । महाराजगञ्ज क्षेत्रमा २४४ मिटर क्षेत्रमा घर हटाउन बाँकी छ । त्यो घर हटाउन नसकिँदा पनि कसरी निर्माण अघि बढाउन सकिन्छ भनेर छलफल भइरहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “सडकमा रहेका संरचना हटाइसकिएपछि तत्काल चिनियाँ टोली आएर काम शुरु गर्नेछ ।” चक्रपथको सडक मात्रैको चौडाइ ५० मिटर हुने भए पनि हरियाली क्षेत्र, फुटपाथ, सर्भिस ट्र्याकसमेत गरी ६२ मिटर चौडाइ हुने प्रमुख सुवालले बताउनुभयो । 

अहिले तत्काल चिनियाँ आउनका लागि विद्युत्का खम्बाले गर्दा मात्र रोकिएको उहाँले जानकारी दिनुभयो । केही समय पहिले सडक विभागले निर्माणस्थल खाली भइसकेको भनेर चिनियाँ कम्पनीलाई जानकारी गराएको थियो । चिनियाँ आफैँले फोटो खिचेर लगेर निर्माणस्थल खाली नभएको भनी काम शुरु नगरेको उहाँले बताउनुभयो । सडकमा रहेका साना मन्दिर कसरी अर्काे ठाउँमा सार्ने भनी छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसको कहाँ बनाउने भनी पुरातत्वसँग छलफल भइरहेको छ ।” 

सडक विभागले चीन सरकारको सहयोगमा कलङ्कीदेखि महाराजगञ्ज हुँदै चाबहिल (धोबीखोलासम्मको सडक) विस्तार गर्ने तयारी अघि बढाइरहेको छ । दुई वर्ष पहिले सडकको अधिकार क्षेत्रमा रहेका विद्युत्का खम्बा, खानेपानीको पाइप, ढल, रुख, मन्दिर, स्तूपा, व्यक्तिगत सम्पत्ति सार्ने र हटाउने काम भइरहेको छ । अहिलेसम्म त्यहाँ रहेका रुख, खानेपानी तथा ढल हटाइसकेको छ । अझै पनि यहाँका विद्युत्का पोल, स्तूपाका पर्खाललगायतका कुरा हटाउन बाँकी छ । कतिपय व्यक्तिको व्यक्तिगत सम्पत्ति हटाउन पनि बाँकी छ । 

चक्रपथको पहिलो खण्डका रुपमा चीन सरकारले कोटेश्वर–कलङ्की सडक विस्तार गरेको थियो । सो सडक सम्पन्न भएको झण्डै पाँच वर्ष भइसकेको छ । आठ लेन चौडाइमा विस्तार गरिएको सडकका कारण यस क्षेत्रमा सवारी चाप कम भएको छ । सोही सडकमा खसीबजारदेखि कलङ्कीसम्म ‘अण्डर पास’ निर्माण गरिएको छ । कलङ्कीदेखि चाबहिलसम्मको सडक पनि आठ लेनमा नै विस्तार हुनेछ । सो सडकमा पनि महाराजगञ्ज र बालाजु चोकमा ‘फ्लाई ओभर’ निर्माण गर्ने गरी डिजाइन गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?