2026-10-26 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडीमा रहेका नेपालीहरुलाई सजग रहन अनुरोध

साउन ५, काठमाण्डौ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद-उल-अदाको सुरु भएसंगै खाडीमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन सूचना जारी भएका छन् । 

कतार स्थित नेपाली दुतावासले एक सूचना जारी गर्दै मंगलबारदेखि बिहिबारसम्म दुतावास बन्द रहने जानकारी दिएको छ । दुतावासले यो अवधिमा विदा मनाउने क्रममा नेपाली युवाहरुले गर्न सक्ने जमघट र हो-होल्लाप्रति ध्यानाकर्षण गराएको छ । दुतावासले उल्लेख गरेको छ ‘विदा मनाउने क्रममा कतारको धर्म संस्कृति, परम्परा र मान्यता विपरित हुने कुनैपनि कार्य नगर्नहुनका साथै निषेधित खाद्य तथा पेय पदार्थको बेचविखन गर्ने तथा सार्वजनिक स्थलहरुमा उपभोग गरी अनावश्यक जमघट गर्ने कार्य नगर्न नगराउन हुन सबैमा अनुरोध छ ।’ 

यस्तै साउदी स्थित दुतावासले एक सूचना जारी गर्दै इद अल-अदहाको अवसरमा १९ देखि २१ जुलाईसम्म दुतावास बन्द रहने जानकारी दिएको छ । 

उता बहराइन स्थित नेपाली दुतावास पनि आज मंगलबार र बुधबार बन्द हुनेछ । पर्वकै कारण दुतावास बन्द रहने व्यहोरा दुतावासको सूचनामा उल्लेख छ । 

त्यस्तै ईद-उल-अदाको अवसरमा युएई स्थित नेपाली दुतावास पनि आज र भोली बन्द हुनेछ । 

खाडी क्षेत्रमा चाडको अवसरमा बिदा मनाउने क्रममा नेपालीहरुले निषेधित खाद्य तथा पेय पदार्थ सेवन गरि भै-झगडा गर्दा हिंसाका घटना समेत हुँदै आएका छन् । यस्तो अवसरमा संयमित नहुँदा कतार, कुवेत लगायत देशहरुमा यस अघि पनि नेपालीहरु पक्राउ परेका थिए । पक्राउ पर्नेहरुले गैरकानुनीरुपमा मदिरा व्यापार गर्ने, हो -होल्ला गर्ने जस्ता क्रियाकलाप गरेका थिए । त्यसो त कुवेतमा अवैध मदिरा उत्पादन तथा बिक्रीका कारण नेपाली समुदाय बद्नाम हुँदै गएको बताइएको छ । यसै वर्षको शुरुमा अवैध घरेलु मदिरा बनाएर बिक्री गर्ने नेपाली गिरोह नै पक्राउ परेको थियो ।

मुस्लिम तीर्थयात्री हजका लागि मक्कामा भेला

कोरोना महामारीकाबीच हजारौँ मुस्लिम तीर्थयात्री हजका लागि साउदी अरबको मक्कामा भेला भएका छन् ।

इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल मानिने मक्कामा उनीहरु हज गर्न भेला भएका हुन् । यस वर्ष हजका लागि अघिल्लो वर्षभन्दा कम सङ्ख्यामा तीर्थयात्री मक्का पुगेका र उनीहरु मास्क तथा भौतिक दूरी कायम गरी उत्सवमा सहभागी भएका समाचार संस्था अल जजीराले जनाएको छ । 

गत वर्ष हज मनाउन विश्वभरका झण्डै २५ लाख मुस्लिम धर्मावलम्बी मक्का पुगेका थिए । साउदी सरकारले यसवर्ष कोरोनाविरुद्धको खोप लगाएका ६० हजार नागरिकलाई मक्का यात्रा गर्न अनुमति दिएको छ । मक्कामा खोप नलगाउनेहरुलाई प्रवेश दिइएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने