2026-09-08 08:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडीमा रहेका नेपालीहरुलाई सजग रहन अनुरोध

साउन ५, काठमाण्डौ | इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद-उल-अदाको सुरु भएसंगै खाडीमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन सूचना जारी भएका छन् । 

कतार स्थित नेपाली दुतावासले एक सूचना जारी गर्दै मंगलबारदेखि बिहिबारसम्म दुतावास बन्द रहने जानकारी दिएको छ । दुतावासले यो अवधिमा विदा मनाउने क्रममा नेपाली युवाहरुले गर्न सक्ने जमघट र हो-होल्लाप्रति ध्यानाकर्षण गराएको छ । दुतावासले उल्लेख गरेको छ ‘विदा मनाउने क्रममा कतारको धर्म संस्कृति, परम्परा र मान्यता विपरित हुने कुनैपनि कार्य नगर्नहुनका साथै निषेधित खाद्य तथा पेय पदार्थको बेचविखन गर्ने तथा सार्वजनिक स्थलहरुमा उपभोग गरी अनावश्यक जमघट गर्ने कार्य नगर्न नगराउन हुन सबैमा अनुरोध छ ।’ 

यस्तै साउदी स्थित दुतावासले एक सूचना जारी गर्दै इद अल-अदहाको अवसरमा १९ देखि २१ जुलाईसम्म दुतावास बन्द रहने जानकारी दिएको छ । 

उता बहराइन स्थित नेपाली दुतावास पनि आज मंगलबार र बुधबार बन्द हुनेछ । पर्वकै कारण दुतावास बन्द रहने व्यहोरा दुतावासको सूचनामा उल्लेख छ । 

त्यस्तै ईद-उल-अदाको अवसरमा युएई स्थित नेपाली दुतावास पनि आज र भोली बन्द हुनेछ । 

खाडी क्षेत्रमा चाडको अवसरमा बिदा मनाउने क्रममा नेपालीहरुले निषेधित खाद्य तथा पेय पदार्थ सेवन गरि भै-झगडा गर्दा हिंसाका घटना समेत हुँदै आएका छन् । यस्तो अवसरमा संयमित नहुँदा कतार, कुवेत लगायत देशहरुमा यस अघि पनि नेपालीहरु पक्राउ परेका थिए । पक्राउ पर्नेहरुले गैरकानुनीरुपमा मदिरा व्यापार गर्ने, हो -होल्ला गर्ने जस्ता क्रियाकलाप गरेका थिए । त्यसो त कुवेतमा अवैध मदिरा उत्पादन तथा बिक्रीका कारण नेपाली समुदाय बद्नाम हुँदै गएको बताइएको छ । यसै वर्षको शुरुमा अवैध घरेलु मदिरा बनाएर बिक्री गर्ने नेपाली गिरोह नै पक्राउ परेको थियो ।

मुस्लिम तीर्थयात्री हजका लागि मक्कामा भेला

कोरोना महामारीकाबीच हजारौँ मुस्लिम तीर्थयात्री हजका लागि साउदी अरबको मक्कामा भेला भएका छन् ।

इस्लाम धर्मावलम्बीको सबैभन्दा पवित्र स्थल मानिने मक्कामा उनीहरु हज गर्न भेला भएका हुन् । यस वर्ष हजका लागि अघिल्लो वर्षभन्दा कम सङ्ख्यामा तीर्थयात्री मक्का पुगेका र उनीहरु मास्क तथा भौतिक दूरी कायम गरी उत्सवमा सहभागी भएका समाचार संस्था अल जजीराले जनाएको छ । 

गत वर्ष हज मनाउन विश्वभरका झण्डै २५ लाख मुस्लिम धर्मावलम्बी मक्का पुगेका थिए । साउदी सरकारले यसवर्ष कोरोनाविरुद्धको खोप लगाएका ६० हजार नागरिकलाई मक्का यात्रा गर्न अनुमति दिएको छ । मक्कामा खोप नलगाउनेहरुलाई प्रवेश दिइएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग