१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्य भोटेकोशी प्रभावित क्षेत्रका लागि सेयर बिक्री पुन: खुल्ला

५ श्रावण २०७८, मंगलवार ०५:३८

साउन ५, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले प्रभावित क्षेत्रका लागि निष्कासन गरेको सेयरको बिक्री पुनः खुल्ला गरेको छ।

सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजनाको प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका-१ र ५(साबिक लिस्ती र मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका- ५ र ६(साबिक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका-७ र ८ (साबिक घुम्थाङ र मानेश्वरा गाविस) का स्थायी बासिन्दासँगै सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि साधारण सेयरको बिक्री खोलिएको हो।

कम्पनीले गत वैशाख २१ देखि स्थानीय समूहका लागि छुट्याइएको ६० लाख कित्ता साधारण सेयरको बिक्री खुला गरेको थियो । निषेधाज्ञाका कारण तीन दिनमै बन्द गरिएको उक्त सेयरको बिक्री पुनः खुलाइएको हो। 

यसपटक इच्छुकले छिटोमा साउन १७ गतेसम्म र ढिलोमा साउन ३२ गतेसम्म सेयरका लागि दरखास्त दिन सक्नेछन्। न्यूनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । सुरुमा खुलाउँदा आवेदन दिएकाहरूले फेरि बुझाउनु नपर्ने कम्पनीले जनाएको छ।

सेयर खरिदका लागि सिन्धुपाल्चोकमा ३६ र काठमाडौंमा ७ वटा संकलन केन्द्र तोकिएको कम्पनीले जनाएको छ। धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त गरेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरूमार्फत पनि आवेदन बुझाउन सकिने छ। योसँगै इसेवा, आइएमइको अनलाइन पेमेन्ट गेटवे एवं निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलको वेबसाइटबाट अनलाइन आवेदन पनि दिने सकिने व्यवस्था गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस कम्पनीले प्रथम चरणको सार्वजनिक निष्कासनअन्तर्गत कर्मचारी संचयकोषमा संचय गर्ने संचयकर्ता कर्मचारीहरु, सेयरधनी संस्थापक संस्थाका कर्मचारीहरु एवं ऋणदाता संस्था कर्मचारी संचय कोषका कर्मचारीहरुलाई २०७५/७६ मा निष्कासन गरेको थियो। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह