२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्य भोटेकोशी प्रभावित क्षेत्रका लागि सेयर बिक्री पुन: खुल्ला

२०७८, ५ श्रावण मंगलवार ०५:३८

साउन ५, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले प्रभावित क्षेत्रका लागि निष्कासन गरेको सेयरको बिक्री पुनः खुल्ला गरेको छ।

सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजनाको प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका-१ र ५(साबिक लिस्ती र मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका- ५ र ६(साबिक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका-७ र ८ (साबिक घुम्थाङ र मानेश्वरा गाविस) का स्थायी बासिन्दासँगै सिन्धुपाल्चोक जिल्लाका बासिन्दाका लागि साधारण सेयरको बिक्री खोलिएको हो।

कम्पनीले गत वैशाख २१ देखि स्थानीय समूहका लागि छुट्याइएको ६० लाख कित्ता साधारण सेयरको बिक्री खुला गरेको थियो । निषेधाज्ञाका कारण तीन दिनमै बन्द गरिएको उक्त सेयरको बिक्री पुनः खुलाइएको हो। 

यसपटक इच्छुकले छिटोमा साउन १७ गतेसम्म र ढिलोमा साउन ३२ गतेसम्म सेयरका लागि दरखास्त दिन सक्नेछन्। न्यूनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । सुरुमा खुलाउँदा आवेदन दिएकाहरूले फेरि बुझाउनु नपर्ने कम्पनीले जनाएको छ।

सेयर खरिदका लागि सिन्धुपाल्चोकमा ३६ र काठमाडौंमा ७ वटा संकलन केन्द्र तोकिएको कम्पनीले जनाएको छ। धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त गरेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखाहरूमार्फत पनि आवेदन बुझाउन सकिने छ। योसँगै इसेवा, आइएमइको अनलाइन पेमेन्ट गेटवे एवं निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलको वेबसाइटबाट अनलाइन आवेदन पनि दिने सकिने व्यवस्था गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस कम्पनीले प्रथम चरणको सार्वजनिक निष्कासनअन्तर्गत कर्मचारी संचयकोषमा संचय गर्ने संचयकर्ता कर्मचारीहरु, सेयरधनी संस्थापक संस्थाका कर्मचारीहरु एवं ऋणदाता संस्था कर्मचारी संचय कोषका कर्मचारीहरुलाई २०७५/७६ मा निष्कासन गरेको थियो। 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी