2026-10-13 06:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यामाहाका बाइक तथा स्कुटरको मूल्य बढ्यो, कुनको मूल्य कति ?

साउन ५, काठमाण्डौं। नेपालका लागी यामाहा मोटरसाइकलको आधिकारीक वितरक मोरङ अटो वक्र्स (एमएडब्लू) ले अधिकांश प्रडक्टको मूल्य बढाएको छ । 

भारतमा भएको मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि पश्चात त्यसको असर नेपाली बजारमा परेको आधिकारिक वितरक एमएडब्लूले जनाएको छ । एमएडब्लुका अनुसार यामाहाको मोटरसाइकल तथा स्कुटरमा ९ हजार रुपैयाँसम्म मूल्य बढेको छ ।

साउन महिनाको सुरुवातसंगै यामाहाले एस जेट आर आरको मूल्य ९ हजार रुपैयाँले बढाएर २ लाख ४६ हजार ९०० पुर्याएको छ । यसअघि २ लाख ३७ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको थियो । यसैगरी रेजेटआर १२५ स्ट्रिट र्यालि, रेजेटआर १२५ एफआई २, र फ्यासिनो १२५ को मूल्यमा पनि समान ८ हजार रुपैयाँ वृद्धि गरिएको छ ।

यससँगै अब ग्राहकले रेजेटआर १२५ स्ट्रिट र्यालि खरीदका लागि २ लाख ६९ हजार ९००, रेजेटआर १२५ एफआई २ का लागि २ लाख ५९ हजार ९०० र फ्यासिनो १२५ को खरीदका लागि २ लाख ६४ हजार ९०० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

कम्पनीका अनुसार एफजेटएस भि थ्रिको नयाँ मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ कायम गरेको छ । यसअघि यो मोटर ३ लाख २९ हजार ९०० रुपैयाँमा खरिद बिक्री हुने गरेकामा पाँच हजारले मूल्य बढाइएको हो ।  यस्तै एफजेट २५ को मूल्य पाँच हजार बढाएर ४ लाख ४७ हजार ९०० रुपैयाँ पुर्याइएको छ ।

त्यसैगरी यामाहाले आर १५ भि थ्रि को मूल्य पनि चार हजार रुपैयाँले बढेर ४ लाख ८१ हजार ९०० रुपैयाँ पुगेको छ । जुन यस अघि ४ लाख ७७ हजार ९०० रुपैयाँमा खरिद बिक्री हुने गरेको थियो ।

एफजेट एस भि टु को मूल्य चार हजार रुपैयाँले बढेर ३ लाख ०८ हजार ९०० रुपैयाँ पुगेको छ । यसअघि उक्त मोटरसाइकल ३ लाख ४ हजार ९०० मा बिक्री हुँदै आइरहेको थियो ।

नेपालका लागी यामाहा मोटरसाइकलको आधिकारीक वितरक एमएडब्लूले यामाहाका मोडलहरु एफजेड भी टु, एमटी १५, आर थ्री, फेजर २५, रेजेड आर स्ट्रीट र्याली ११३, एक्सटीजेड १२५ र एनम्याक्स १५५ स्कुटरको मूल्य यथावत नै राखेको जनाएको छ ।

दुई पांग्रै सवारी साधनहरु होन्डा, बजाज, टिभिएसका आधिकारीक वितरकहरुले अघि नै नेपालमा मूल्य बढाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश शिक्षा प्रणालीलाई जीवनोपयोगी बनाउन पूर्वराष्ट्रपति भण्डारीको जोड दसैं नजिकिँदै गर्दा एलपी ग्यासको अभाव, सिलिन्डर लिन उपभोक्ता लाइनमा कांग्रेस महाधिवेशनको मतगणना २३ स्थानमा, बुधबारसम्म नतिजा आउने कठिन बेला उपदेश दिने धेरै, साथ दिने कम आउँछन् : ओली कांग्रेस केन्द्रीय सदस्य खुलातर्फको मतगणना मंगलबार बिहान ८ बजेदेखि मानसिक स्वास्थ्य सरकारको प्राथमिकतामा छ : मन्त्री मेहता टिकटकमा धम्कीपूर्ण भिडियो पोस्ट गर्ने एक जना पक्राउ पृथ्वी राजमार्गको गलौंदी खण्ड आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने सेवाग्राहीको व्यवहारदेखि अनुसन्धानको गुणस्तरसम्म नेतृत्वको मूल्याङ्कन हुन्छ : आईजीपी कार्की गृहमन्त्री गुरुङ भारत प्रस्थान गर्दै बुढानीलकण्ठबाट बरामद साढे २१ किलो सुन भन्सारलाई हस्तान्तरण कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउने महामन्त्री पौडेलको प्रतिबद्धता प्रधानमन्त्री शाहको निर्देशन: प्रहरी सेवामा नैतिकता र इमानदारिता पहिलो प्राथमिकता बूढीगण्डकी बाढीले ५८ घर पूर्ण क्षति, पक्की पुल बगायो कांग्रेस सहमहामन्त्रीमा खतिवडाको अग्रता कायम सुनको मूल्य तोलामा २१ सय र चाँदीको २५ रुपैयाँले घट्यो श्रममन्त्री यादवद्वारा एभरेस्ट मल्टी स्किल्सको उद्घाटन, तालिमलाई रोजगारीसँग जोड्नुपर्नेमा जोड सुन तोलामा ८ सय र चाँदी ३५ रुपैयाँले बढ्यो बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम