साउन ७, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य थप ७०० रुपैयाँले घटेको को छ । गत बुधबार तोलामा ७०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार थप पुनः ७०० रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने गत हप्ता देखिको लगातार गिरावटको क्रम भङ्ग गर्दै बिहीबार प्रतितोला १० रुपैयाँले वृद्धि हुँदै एक हजार २७० रुपैयाँमा उक्लिएको महासंघले जनाएको छ ।